निषेधको राजनीति नगर्न कम्युनिस्ट सरकारलाई चेतावनी
काठमाडौं । नेपाली कांग्रेसका तत्कालीन सभापति एवं पूर्वप्रधानमन्त्रीद्वय गिरीजाप्रसाद कोइराला र सुशील कोइरालाको नामबाट खुलेका अस्पताललाई सरकारले बिघठ्नको तयारी गरेको भन्दै जीपी कोइराला फाउण्डेसले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
फाउण्डेसन बुधबार विज्ञप्ति जारी गरेर नेपाली राजनीतिका युग पुरुष गिरिजाप्रसाद कोइरालाको नामबाट तनहुँमा बन्दै गरेको श्वास प्रश्वास केन्द्र र बाँकेको सुशील कोइराला क्यान्सर अस्पताललाई केन्द्र सरकारमार्फत नराखेर बिघठ्न गर्ने तयारी गरेको भन्दै तत्काल सरकारको धारणा सार्वजनिक गर्न माग गरेको हो ।
फाउण्डेसनको सातै प्रदेशका संयोजकहरूद्वारा हस्ताक्षरित विज्ञप्तिमा लोकतन्त्रका हिमायती शिखर पुरुषहरूको नामबाट बन्दै गरेका दुई वटै अस्पताललाई बिघठ्न गर्ने निर्णय गरिएको भए तत्काल सच्याएर राजनीतिक संस्कारका न्यूनतम मूल्य मान्यताको पालना गर्न सरकारको ध्यानाकर्षण गराइएको छ ।
वर्तमान सरकारले राष्ट्र निर्माणमा आफ्नो जीवन अर्पण गरेका पूर्वप्रधानमन्त्रीद्वयको योगदानप्रति सम्मान देखाउन नसक्नु दुखद् भएको फाउण्डेसनको ठहर छ ।
फाउण्डेसनको ५ नम्वर प्रदेशका संयोजक डा.गोविन्दराज पोखरेलले प्रजातन्त्र र गणतन्त्रका लागि आफ्नो जीवनभर संघर्ष गरेका गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको योगदानलाई सरकारले नजरअन्दाज गर्न खोजेको भन्दै निषेधको राजनीति नगर्न सरकारलाई आग्रह गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत