ओलीजी भ्रष्टहरूलाई बचाउन लाग्नुभयो, पतन निश्चत छः रामहरि खतिवडा
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवं पूर्व सांसद रामहरि खतिवडाले कम्युनिस्ट सरकारले भ्रष्टाचार र भ्रष्टाचारीलाई संक्षण गरेको भन्दै आपत्ति जनाएका छन ।
युवा नेता खतिवडाले बिहीबार टवीट गर्दै सानातिना भ्रष्टाचार भएको देख्न खडगप्रसाद ओलीको दुई तिहाई सरकारले चार अर्बको भ्रष्टाचार काण्ड नदेखेको भन्दै आश्चर्य व्यक्त गरे ।
‘सय र हजार लिने भ्रष्टाचारी मात्र अहिलेको सरकारले कारबाही गर्छ, भन्ने सिद्धान्त, लाखौं, करोडौं र अर्बको अनियमित गर्नेलाई दुई तिहाईको सरकारले कारबाही गर्नु हुन्न, सरकार गिर्छ, बरु जेलमा बसेकालाई सपथ खुवाएर भ्रस्टाचार निर्मुल गर्ने यो सरकारले लक्ष लिएछ । धन्य ओलि सरकार’, खतिवडाको टवीटमा भनिएको छ ।
‘कर्मचारीले घुस खाएको ४–५ लाख देख्ने खडगप्रसाद ओलीको सरकारले चार अर्बभन्दा ठूलो रकमको भ्रष्टाचार देखेन’, उनले भने, ‘सुशासनको कुरा गर्ने ओलीजीलाई अब भ्रष्टाचार हेर्न कुन चश्मा चाहिने हो ?’
ओलीको सरकार भ्रष्टाचार र अनियमिततामा फस्दै गएको खतिवडाले बताए । ‘हरेक ठाउँमा ओली सरकार भ्रष्टाचारमा फस्दै आएको छ’, उनले भने, ‘वाइड बडी खरिदमा दोषी देखिएका पर्यटनमन्त्री, सचिव, निगमका कार्यकारी निर्देशक पूर्वमन्त्रीहरूलाई कारबाही गर्नुको साटो ओली सरकारले बचाएको छ ।’
कांग्रेसका युवा नेता खतिवडाले वाइड बडी खरिदमा दोषी देखिएका मन्त्रीदेखि सबै कर्मचारीहरूलाई तत्काल निलम्बन गरेर अनुसन्धान गर्न माग गरे ।
कम्युनिस्ट प्रधानमन्त्री ओलीले नै भ्रष्टाचारलाई संरक्षण गरेको आरोप लगाए । ‘कांग्रेसले जो सुकै भए पनि भ्रष्टाचारीलाई छाडने पक्षमा छैन’, उनले भने, ‘सुशासनका कुरा गर्ने ओलीजीले बाँदर र ढेडुको फौज लिएर हिँडनु भएको छ । ओलीजी देश र जनताको पक्षमा काम गर्न सफल हुने अवस्था छैन ।’
कांग्रेका युवा नेता खतिवडाले टीकापुर हत्याकाण्डको अभियोग लागेका रेशमलाल चौधरीलाई सपथ गराइएकोमा पनि असन्तुष्टि जनाए । उनले भने, ‘संविधान र कानूनको खिल्ली उठाउँदै केपी ओली नेतृत्वको कम्युनिस्ट सरकारले ठूलो संवैधानिक समस्या उत्पन्न गरेको छ ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत