कांग्रेस नेता डा.सिंहले बनाए कम्युनिस्टहरुको भ्रष्टाचारको ठूलो फाइल

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले वाइड बडी खरिद प्रकरणमा भएको अनियमितताको मोटो फाइल बनाएको छ ।

संसदको मंगलबारको बैठकमा विशेष समय लिएर बोल्दै नेपाली कांग्रेसका सांसद डा.अमरेशकुमार सिंहले वाइड बडी खरिद प्रकरणमा भएको अनियमितता र भ्रष्टाचारको फाइल आफूसँग रहको बताए ।

उनले अहिलेको कम्युनिस्ट सरकारले वाइड बडी विमान खरिद प्रकरणमा ठूलो अनियमितता गरेको बताए ।

‘भ्रष्टाचार सुशासनको कुरा गर्ने खड्गप्रसाद ओलीको सरकार ठूला ठूला काण्डमा फस्दै गएको छ’, उनले भने, भ्रष्टाचार र अनियमितता गर्ने प्रधानमन्त्रीलाई कुर्सीमा बस्ने कुनै अधिकार छैन ।’

कांग्रेसका सांसद डा.सिंहले वाइड बडी खरिदमा अघिल्ला सरकारहरुले जे निर्णय गरे पनि कम्युनिस्टको सरकारले फाइलहरु राम्रोसँग अध्ययन नै नगरेर भुक्तानी गरेको बताए ।

‘वाइड बडी खरिदका बेला सम्झौता पहिला भएको छ । सम्झौता भएको धेरै समयपछि कम्पनी दर्ता भएको छ’, कांग्रेसका सांसद सिंहले संसदमा प्रमाणहरु देखाउँदै भने, ‘वाइड बडी खरिदमा देशलाई नोक्सानी हुने गरेर भ्रष्टाचारको ठूलो डिजाइन भएको छ ।’ सिं

हले आवश्यक प-यो भने आफूसँग रहेका प्रमाणहरु संसदलाई उपलब्ध गराउन तयार रहेको बताए ।

वाइड बडी खरिदमा केपी ओली नेतृत्वको कम्युनिस्ट सरकारले पाँच अर्ब घोटाला गरेको समाचार मंगलबार काठमाडौंबाट प्रकाशित हुने ठूला दैनिक पत्रिकाहरुले समाचार सार्वजनिक गरेका छन् ।

कांग्रेसका सांसद डा.सिंहले वाइड बडी विमान खरिदमा कम तौलको विमान खरिद भएको समेत बताए । ‘फेज आउट भएको वाइड बडी विमान खरिद गरिएको छ’, उनले भने, ‘वाइड बडी विमानमा नयाँ भर्सनको विमान आइसकेको छ ।’

वाइड बडी खरिदमा कम्युनिस्ट सरकार र नेपाल वायु सेवा निगमका कार्यकारी निर्देशक सुगतरत्न कंशाकारको मिलोमतोमा भ्रष्टाचार भएको कांग्रेसका नेता सिंहको संकेत थियो ।

Published : Tuesday, 2019 January 1, 3:34 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया