नेविसंघको महाविधेशन फेरि प्रभावित, शुभेच्छुकहरू दिक्क
काठमाडौं । नेपाली कांग्रेसको भातृसंठन नेपाल विद्यार्थी संघको १२औँ महाविधेशन फेरि प्रभावित हुने संकेत देखिएको छ ।
विद्यालय, क्याम्पसदेखि जिल्लाहरूको अधिवेशन समयमा हुन नसकेपछि नेविसंघको महाधिवेशन निर्धारित समयमा हुनेमा आशंका बढेको हो ।
तालिकाअनुसार शनिबारसम्ममा ७७ वटै जिल्लाको अधिवेशन सकिइसक्नुपर्ने थियो । सात जिल्लाको अधिवेशन पनि सकिएको छैन ।
हालसम्म भोजपुर, ताप्लेजुङ, अर्घाखाँची, हुम्ला, डोल्पा र झापा जिल्लामा मात्र अधिवेशन सम्पन्न भएको अध्यक्ष नैनसिंह महरले जानकारी दिएका छन ।
कार्यतालिकाअनुसार विद्यालय, क्याम्पस र जिल्लामा अधिवेशन भएर प्रदेशको अधिवेशनमा संघ जुट्नुपर्ने थियो । अझै पनि धेरै जिल्लामा विद्यालयदेखि क्याम्पससम्मको अधिवेशन सकिसकेको छैन ।
यसले गर्दा अब प्रदेश र केन्द्रको अधिवेशन प्रभावित हुने भएको छ । कार्यतालिकाअनुसार २८ पुसदेखि महाधिवेशनको कार्यक्रम सुरु हुनुपर्नेछ ।
कांग्रेसको महासमिति बैठकका कारण अधिवेशनको तालिका प्रभावित हुन पुगेको दाबी नेविसंघका नेताहरूले गरेका छन ।
झापामा अधिवेशन भए पनि असन्तुष्ट कृष्णप्रसाद सिटौला पक्षले समानान्तर अधिवेशन गरेर नेतृत्व चयन गर्दा भएको जिल्लामा पनि विवाद देखिएको छ ।
समयमा गर्न नसकेपछि माउ पार्टी कांग्रेसले नेविसंघलाई २ माघसम्म महाधिवेशन गर्न समय दिएको थियो ।
पहिलेदेखि नै विवादित रहेका जिल्लाहरू सिरहा, धनुषा, रौतहट, पर्सा, रुपन्देही, कास्की, मुस्ताङ, सुर्खेत, सोलुखुम्बु, भक्तपुर र कञ्चनपुरमा सहमतिमै अधिवेशन गर्न आफूहरू लागेको महरले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

यसमा तपाइको मत