बिना मगरले मेलम्चीमा कमिशन मागेको कांग्रेसको खुलासा
काठमाडौं । नेपाली कांग्रेसले खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले कमिशन मागेका कारण मेलम्ची खानेपानी आयोजनाको इटालियन ठेकेदार कम्पनी कोपराटिभा एण्ड सेमेन्टिीस्टी (सिएमसीडी)ले काम गर्न नमानेको जनाएको छ ।
कांग्रेसका नेता तथा पूर्व खानोपानीमन्त्री दीपक खडकाले नेपाली रेडियो नेटवर्कमा शनिबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री बिना मगर र सचिव गजेन्द्र ठाकुरले कमिशन माग गरेको आरोप लगाएका हुन ।
कांग्रेसका नेता खडकाले मन्त्री र सचिवले मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनीसँग कमिशन माग गरेको बताए ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की बुहारी समेत रहेकी मन्त्री बिना मगरले आयोजनासँग पाँच करोड कमिशन माग गरेपछि कुरा बिग्रिएको स्रोतको भनाइ छ ।
कम्पनीले यसअघिको ३० करोड भुक्तानी तिर्दा ५ करोड कमिशन दिएको स्रोतले जनाएको छ । मन्त्री बिना मगरले ५ करोड कमिशन मागेपछि सीएमसी भागेको खुलासा भएको छ ।
तत्कालीन आयोजना प्रमुख घनश्याम भट्टराई हुँदा सीएमसीको रकम भुक्तानीका क्रममा ५ करोड रूपियाँ कमिशन दिइएको थियो ।
भट्टराई नेपाल कम्युनिस्ट पार्टी निकट सह–सचिव हुन् । मेलम्ची आयोजनापछि उनले काठमाडौं खानेपानी लिमिटेडको प्रमुख कार्यकारीको जिम्मेवारी सम्हालेका थिए ।
आयोजना प्रमुख सूर्य कँडेल र सचिव गजेन्द्र ठाकुरले पनि भुक्तानी दिनका लागि कमिशन रकम मागेको स्रोतको भनाइ छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत