प्रचण्डले लोकतन्त्र मास्न चाहन्छनः रामचन्द्र पौडेल
काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अर्ली महाधिवेशन गर्ने समय घर्किसकेको बताएका छन् ।
शुक्रबार साँझ काठमाडौंमा पत्रकारहरूसँगको अनौपचारिक अन्तरक्रियामा नेता पौडेलले अर्ली होइन, टाइम्ली अधिवेशन गर्नुपर्ने बताए ।
कांग्रेसले समयमै महाधिवेशन गर्ने्तिर पहल गर्ला भन्ने विश्वास आफूले लिएको पौडेलले बताए ।
महासमिति बैठकले कांग्रेस सानोतिनो कुराले छिन्नभिन्न हुने पार्टी होइन भन्ने सन्देश दिएको भन्दै उनले यसमा आफूहरु खुसी रहेको बताए ।
पौडेलले लोकतान्त्रिक व्यवस्थामा छिटोछिटो विकास नहुने सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्डको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका छन ।
लोकतन्त्र अहिले पनि अग्नि परीक्षामा रहेको भन्दै उनले भने, ‘सत्तारुढ पार्टीको अध्यक्ष प्रचण्डको भनाइलाई लोकतन्त्रमाथिको सबैभन्दा ठूलो खतरा भन्ने कि पूर्वाग्रह भन्ने ?’
‘जनताले गल्ती गरेको पो हो कि ?’ उनले अघि भने, ‘आफ्नो मूल्यांकन आफैं गर्नुपर्छ ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत