कांग्रेसले गरिव र पीडित जनताको घाउमा मलम लगाउने
काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले कालिकोट जिल्लाको पलाता गाउँपालिकामा भएको आगलागीका पीडितहरूलाई पाँच लाख रुपियाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।
पलाता गाउँपालिका–१ खाडा न्यौपानेवाडाका अग्निपीडितलाई कांग्रेसले बुधबार ५ लाख रुपियाँ राहत दिने निर्णय गरेको हो ।
अग्निपीडित जनताहरूलाई थोरै रकम भए पनि आर्थिक सहयोग गरेर नेपाली कांग्रेसले पीडित र गरिव जनताको घाउमा मलम लगाउने प्रयास गरेको छ । कांग्रेसको यो कार्यको सबैले प्रशंसा गरेका छन ।
अग्निपीडितहरूलाई तत्काल राहत र पुनः स्थापनाका लागि तत्काल ५ लाख राहत सहयोग गर्ने निर्णय गरेको नेपाल तरुण दलका केन्द्रीय महासचिव भुपेन्द्रजंग शाहीले जानकारी दिए ।
‘तत्काल राहत र पुनःस्थापनाका लागि कांग्रेसले ५ लाख दिने निर्णय गरेको छ’, उनले भने, ‘राहत र पुनःस्थापनाका लागि अझै पहल थालिनेछ ।’
कम्युनिस्ट सरकारले अग्निपीडितहरूका सम्बन्धमा ठोस निर्णय गर्न नसकिरहेका बेला कांग्रेसले आर्थिक सहयोग गर्ने भनेर घोषणा गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

यसमा तपाइको मत