कांग्रेससंग डराए प्रधानमन्त्री ओली, रक्षा गर्न अपील
काठमाडौं । नेपाली कांग्रेसको पछिल्लो तयारीबाट तर्सिएका कम्युनिस्ट प्रधानमन्त्री खडगप्रसाद ओलीले आफनो दलका सांसदहरूलाई सरकारको बचाउमा लाग्न निर्देशन दिएका छन ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलको बैठकलाई बुधबार सम्बोधन गर्दै ओलीले सरकारको कामकारबाहीका विरुद्ध आलोचना बढेकाले रक्षामा उत्रन आग्रह गरेका हुन ।
‘सरकारका काम कारबाहीको बारेमा जानकार हुन र विपक्षी (कांग्रेस)ले चलाएका निराधार हल्लाको खण्डन गर्न निर्देशन दिन्छु’,ओलीले नेकपाका सांसदहरूलाई निर्देशन दिएको निजी सचिवालयद्वारा जारी प्रेस नोटमा उल्लेख छ ।
‘सरकारले राम्रो काम गरिरहेको छ । विपक्षीले चलाएका हल्लाको पछि नलाग्नुहोस’, प्रधानमन्त्री ओलीले भने, ‘मन्त्रीहरूले पनि माननीयहरूलाई मन्त्रालयले गरेका राम्रा कामहरूको जानकारी दिनुहोस ।’
ओलीले विधयक अधिवेशन भएकोले सरकारले संसदमा पेश गरेका विधयकहरूको गहन अध्ययन गर्न र त्यसमा सुझाव दिन सांसदहरूलाई निर्देशन दिए ।
प्रमुख विपक्षी दल नेपाली कांग्रेसले कम्युनिस्ट सरकारका विरुद्ध कडा रुपमा प्रस्तुत हुने संकेत गरेका बेला ओलीले आफना सांसदहरूलाई बचाउमा लाग्न निर्देशन दिएका छन ।
प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूलाई बुधबार दिएको निर्देशन र कांग्रेसको भावी योजनाबाट प्रधानमन्त्री ओली झस्किएको संकेत गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत