स्वतन्त्रता भएकै कारण सबै अट्ने पार्टी कांग्रेस मात्रै होः रामहरि खतिवडा
ओखलढुंगा । नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडाले संविधानले दिएको अधिकारका कारण देशमा सबै मिलेर अझै राम्रोसँग बस्ने वातावरण बनेको बताएका छन् ।
पूर्वसांसद समेत रहेका युवा नेता खतिवडाले कांग्रेसले सधै धार्मिक स्वतन्त्रालाई महत्व दिँदै आएको बताए । गृहजिल्ला ओखलढुंगामा सोमबार आयोजित कार्यक्रममा उनले कांग्रेसले कुनै पनि धर्मलाई भेदभाव नगरेको बताउँदै कांग्रेसमा सबै अट्ने बताए ।
‘नेपाली कांग्रेसको झण्डामा रहेको चार तारामध्ये एउटा तारा धार्मिक स्वतन्त्रताको हो’, उनले भने, ‘सबैको धार्मिक स्वतन्त्रताका लागि कांग्रेस प्रतिवद्ध छ ।’ कांग्रेस नेता खतिवडाले जिसस क्राइष्टको जन्मदिनको पनि शुभकामना दिए ।
‘म हिन्दू भएपनि सबैको उन्नती र प्रगति राख्ने मान्छे हो’, उनले भने, ‘कांग्रेसकोे नेतृत्वमा बनेको संविधानले दिएको अधिकारले नेपालमा सबै बाँचेका छन् ।’
जिल्लाको विकासका लागि आफूले जहिले पनि सहयोग गर्ने कांग्रेस नेता खतिवडाले बताए । ‘म पदमा रहे पनि नरहे पनि जिल्लाको विकासका लागि सधै काम गरिरहनेछु’, उनले भने, ‘पिच हुन बाँकी रहेका सडक पिच गर्न सहयोग गर्नेछु ।’
मिसन हस्पिटल तीन करोड ३८ लाख उपलब्ध गराउन आफूले पहल गरेको बताएका नेपाली कांग्रेसका नेता खतिवडाले भने, ‘हस्पिटलको विकास र विस्तारका लागि मैले सक्ने सहयोग गर्नेछु ।’
मिसन हस्पिटलको नर्सिङ क्याम्पसको कक्षा सञ्चालनका लागि पहल गरेको भनाइ छ । खतिवडाले मिसन अस्पतालमा शुरु भएको नसिंङ क्याम्पसको कक्षा सञ्चालन भएकोमा पनि सबैलाई बधाइ दिए ।
‘म सांसद नभए पनि यो अस्पताललाई पूर्वाञ्चलकै एक नम्बर र उच्च अस्पताल बनाउन लाग्नेछु’, उनले भने, ‘यो अस्पतालसम्म आउने सडकहरुमा पिच गर्न लाग्नेछु । सबै मिलेर विकासको पहल गर्नुपर्छ । बिरामी कांग्रेस, कम्युनिस्ट जो पनि हुन्छ । हिन्दू, मुस्लिम, क्रिश्चियन जो पनि हुन्छ । अस्पताललाई सबैले संरक्षण गर्नुपर्छ ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत