कम्युनिट नेताहरूले पैसा मागेको दिगम्बर झाको खुलासा

काठमाडौं । नेपाल दूर सञ्चार प्राधिकरणका कार्यकारी निर्देशक दिगम्वर झाले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरूले माग गरेअनुसारको पैसा नदिएपछि राजीनामा माग गरिएको आरोप लगाएका छन ।

झाको आरोपले नेकपाका नेताहरूको आर्थिक चरित्रमाथि ठूलो प्रश्न उब्जिएको छ ।

नेपाली रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग मंगलबार बिहान नेकपाका केन्द्रीय सदस्य निरज आचार्यले कार्यकारी निर्देशक झाले आफूहरूलाई लगाएको आरोप झुठ रहेको बताए ।

आचार्यले भने, ‘मैले दिगम्बर झासँग पैसा मागे पनि छैन । लिएको पनि छैन ।’ झा जस्ता खराब व्यक्तिका कारण कम्युनिस्ट सरकार बदनाम भएको बताए ।

तपाईहरूले पैसा मागेपछि नदिएका कारण राजीनामा मागेको भनेर दिगम्बर झाले प्रतिक्रिया दिनुभएको छ नि ? भन्ने पत्रकार धमलाको प्रश्नमा नेकपाका नेता आचार्यले भने, ‘दिगम्बर झा राम्रो व्यक्ति होइन । उहाँका बारेमा धेरै कुरा हामीलाई थाहा छ ।’

‘पार्टीको बैठक चलेका बेला यस्ता खराब व्यक्तिलाई राख्दा दुई तिहाईको सरकार बदनाम हुन्छ भनेर केन्द्रीय सदस्यहरूले हटाउन नेतृत्वसँग माग गरेका हौँ’, आचार्यले भनेका छन ।

नेपाल दूर सञ्चार प्राधिकरणका कार्यकारी निर्देशक झालाई हटाउन माग गरेर नेकपाका दुई दर्जन केन्द्रीय सदस्यहरूले प्रधानमन्त्री एवं अध्यक्ष केपी ओलीलाई ज्ञापन पत्र बुझाएका थिए ।

प्रधानमन्त्री ओलीले झालाई नेपाल टेलिकमबाट हटाएर पुनः नियुक्ति गरेर ल्याएका थिए । कार्यकारी निर्देशकको बचाउमा सूचना तथा सन्चार प्रविधिमन्त्री गोकुल बास्कोटा पनि रहेका छन ।

Published : Tuesday, 2018 December 25, 11:03 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया