यी मन्त्रीविरुद्ध इमान्दार कर्मचारीको विद्रोह
विराटनगर । कम्युनिस्ट सरकारका श्रम तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले श्रम कार्यालय मोरङका वरिष्ठ श्रम अधिकृत प्रेम सन्जेललाई साढे दुई महिनाभित्रै सुरुवा गरेपछि बबण्डर मच्चिएको छ ।
भ्रष्टाचार विरोधी अभियानमा रहेका उपसचिवस्तरका सन्जेलले विराटनगरमा सोमबार पत्रकार सम्मेलन गरेर कम्युनिस्ट सरकारको धज्जी उडाएका छन ।
श्रममन्त्री विष्टले विभिन्न व्यक्ति र समूहको कुरा सुनेर आफूलाई सरुवा गरिदिएको सन्जेलले आरोप लगाएका छन । सन्जेलले आफूलाई भ्रष्टाचार गर्न पटक पटक दवाव दिँदा पनि कसैको दवावमा नपरेको बताए ।
श्रम कार्यालय मोरङका वरिष्ठ श्रम अधिकृत सन्जेलले आफ्नो सरुवा अढाई महिनामा अन्यत्र गरिएपछि सार्वजानिक रुपमै रोष प्रकट गरेका हुन् ।
सञ्जेलले सुनसरी सरुवा गरिएपछि प्रधानमन्त्री केपी ओली, श्रममन्त्री गोकर्ण बिष्ट र मन्त्रालयका सचिव महेश दाहालमाथि आक्रोश पोखेका छन् ।
वरिष्ठ श्रम अधिकृत सञ्जेलले क्षेत्रीय निर्वाचन कार्यालय मोरङबाट श्रम कार्यालयमा सरुवा भएको तीन महिना नपुग्दै गरिएको सरुवाको जवाफ माग गरेका छन् ।
‘मेरो घरमा चढ्ने साइकल छैन, तर मेरै कनिष्ठ कर्मचारीसँग कार छ’, उनले भनेका छन, ‘मभन्दा कनिष्ठ कर्मचारीहरूलाई प्रधानमन्त्री ओलीले किनिदिएको हो । अनि मलाई सरुवा गरिदिएको हो ।’
सञ्जेलले चार दशकको काम गराइको सन्दर्भमा आफूविरुद्ध कसैले भ्रष्टाचार भएको उजुरी दिन चुनौती दिएका छन । ‘हाम्रो मुलुकमा नेतादेखि अधिकांश क्षेत्रमा मानिसहरू भ्रष्टाचारमा लिप्त रहेका छन’, उनले भने ।
सञ्जेललाई पुस ५ गते कामकाजका लागि व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठान इटहरीमा सरुवा गरिएको छ ।
मलेसियामा रोजगारी रोकिएपछि विवादमा तानिएका मन्त्री विष्ट फेरि आफनै मन्त्रालयका कार्मचारी सरुवामा विवादमा परेका छन ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत