निर्मला हत्याकाण्डमा भीआइपी भएपनि आइजीपी खनालले नछाडने
काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीबाटै गलत अभ्यास भएको स्वीकारेका छन् ।
प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा खनालले प्रहरीकै गलत अभ्यासले केश विग्रिए पनि दोषीलाई नछाड्ने चेतावनी दिए ।
खनालले निर्मला प्रकरणमा जतिसुकै ठूलो अपराधी भए पनि नछाडिने उल्लेख गरे । ‘निर्मला प्रकरणमा हतारमा नतिजा निकाल्न खोज्दा गडबडी भयो, प्रहरीले पनि गलत अभ्यास गरे’, खनालले भने, ‘हामी अहिले पनि अनुसन्धानकै क्रममा छौँ, यो केशलाई टुंगोमा नपु¥याइ प्रहरी चुप लागेर बस्दैन ।’
खनालले सही अनुसन्धानका लागि कुनै कुनै घटनामा लामो समय लाग्ने पनि उल्लेख गरे । ‘प्रहरी अपराध अनुसन्धानमा सफल छ, तर केही घटनाले हामीलाई प्रश्न पनि उठाएको छ’, उनले भने, ‘निर्मला प्रकरणमा पनि उपलब्धी भएको छ, तर अहिले नै सबै कुरा भनियो भने फेरि अनुसन्धान प्रभावित हुन्छ ।’
खनालले निर्मलाको बलात्कारपछि हत्यामा भीआइपीको संलग्नताबारे बोल्दै जतिसुकै ठूलो अपराधी भए पनि नछाड्ने उल्लेख गरे ।
‘जतिसुकै ठूलो अपराधी भएपनि छाड्दैनौँ’, खनालले भने, ‘निर्मलाका हत्यार पत्ता लगाउन प्रहरी भित्रको सबै विज्ञता प्रयोग गरेर इमानका साथ अनुसन्धान गर्दैछौँ । अनुसन्धानमा प्रगति हुँदै नभएको होइन, अपराधी नजिक पुग्न सबै प्रविधि र शक्ति लगाएर काम गर्दैछौँ । शून्यमै अड्किएको मात्रै नभनिदिनुस् ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत