कम्युनिस्टहरुको अधिनायकवाद भनेकै यही होः विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् प्रवक्ता विश्वप्रकाश शर्माले कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आलोचना गर्दा कांग्रेसका कार्यकर्ता पक्राउ गरिएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

जनता जान्न चाहन्छन् नामक टेलिभिजन कार्यक्रममा आइतबार राति पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रवक्ता शर्माले कम्युनिस्ट पार्टीका अध्यक्षले बोलेका कुरालाई आलोचना गरेको विषयलाई लिएर चितवनमा सुवोध प्रधान पक्राउ गरिएकोमा आपत्ति जनाएका हुन् । चितवनमा कांग्रेसका नेता पक्राउ परेको विषयलाई प्रवक्ता शर्माले दुई तिहाईको कम्युनिस्ट शासन अधिनायकवादतर्फ उन्मुख भएको पुष्टि गरेको बताए ।

‘कम्युनिस्ट पार्टीको शासन छ भन्ने कुराको क्लियर भएको छ’, उनले भनेका छन्, ‘कम्युनिस्ट पार्टीका अध्यक्षले बोलेको अभिव्यक्तिका विरुद्धमा सामान्य टिप्पणी गर्दै गर्दा चितवनमा कांग्रेसको एकजना नेता गिरफ्तार हुनु भयो ।’

प्रवक्ता शर्माले प्रचण्ड र केपी ओली नेतृत्वको कम्युनिस्ट सरकारलाई चेतावनी दिँदै भने, ‘मैले खुलेआम च्यालेन्ज गरेर भने गरिफ्तार गर कांग्रेसको प्रवक्तालाई । उहाँले राखेको मत मेरो मत हो । नेपाली कांग्रेसको कार्यकर्ताले राखेको मत ।’ प्रवक्ता शर्माले चितवनका कांग्रेस नेता सुवोध प्रधानले बोलेको कुरा प्रवक्ताको हैसियतले आफूले जिम्मेवारी लिने बताए ।

कम्युनिस्ट सरकारको आदेशमा आइतबार चितवनमा प्रहरीले महासमिति सदस्य एवम् नेपाल तरुण दलका नेता सुवोध प्रधानलाई प्रचण्डलाई फेसबुकमा गाली गरेको अभियोगमा पक्राउ गरेको थियो । उजुरीकर्तालाई चितवन प्रहरीले लुकाएको छ । सार्वजनिक गरेको छैन ।

हिन्दू धर्मका विषयमा कांग्रेसभित्र नेता तथा कार्यकर्ताले चलाएको बहसलाई प्रचण्डले दिएको अभिव्यक्तिको प्रवक्ता शर्माले आलोचना गरे । ‘मुलुक सञ्चालनका लागि दुई तिहाईको मत लिएर सरकारमा पुग्ने कम्युनिस्टहरुले हामीतिर फर्किएर हाम्रो पार्टीका साथीहरु हिन्दू धर्मको कुरा कसैले राख्नु भयो भन्ने ?’, उनले भने, ‘कांग्रेसमा हिन्दू धर्मको कुरा हुँदा दुई तिहाईको सरकार हल्लिएको हो ? संविधान हाल्लिएको हो ? यति कमजोर जगमा बनेको छ यो सरकार ? यति दुब्लो छ यो सरकार ?’

कांग्रेसका प्रवक्ता शर्माले प्रश्न गर्दै भने, ‘अस्ती होली वाइन खोइसकेकपछि बलियो महशुस गर्नु पर्दैन ?’ कम्युनिस्ट सरकार होली वाइन खुवाउने कार्यक्रममा सहआयोजक बनेकोमा पनि शर्माले विरोध गरे । ‘कम्युनिस्टहरु जस्तो कांग्रेसको सरकार होली वाइन खाने कार्यक्रममा सहआयोजक बनेन । होटेलमा कोठा लिएर बसेन । ओल्लो कोठामा सुतेन । आर्शीवाद ग्रहण गरेन’, उने भने, ‘यस्तो कर्म गर्नु भएन ।’

Published : Monday, 2018 December 24, 2:31 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया