कम्युनिस्ट सरकारलाई निर्मला हत्याको छानविनमा दवाव दिन राष्ट्र संघसँग माग

काठमाडौं । विद्यार्थीले निर्मला पन्तको बलात्कारपछि हत्यारा गरिएको घटनाबारे पत्ता लगाउन पहल गरिदिन संयुक्त राष्ट्र संघलाई आग्रह गरेका छ ।

पाँच महिना बित्दा समेत कम्युनिस्ट सरकारले निर्मलाका बलात्कारी र हत्यारालाई पक्राउ गर्न नसेको भन्दै विद्यार्थीले राष्ट्र संघकाको कार्यालयमा सोमबार ज्ञापन पत्र बुझाएका हुन् ।

त्रिभुवन विश्वविद्यालयका विद्यार्थीले निर्मलाका हत्यारा पत्ता लगाउन दवाव दिन आग्रह गर्दै संकलन गरिएको हस्ताक्षर ललितपुुरको पुल्चोकस्थित राष्ट्र संघको कार्यालयमा बुझाएका हुन् ।

उनीहरुले माइतीघर मण्डलामा जम्मा भएर निर्मला पन्तको न्यायको निम्ती आवाज बुलन्द गरिदिन आह्वान गर्दैै हस्तक्षार अभियान संकलन गरेको थियो ।

निर्मला पन्तलाई न्याय दिन अन्तर्राष्ट्रिय समूदायलाई पहल गरिदिन आग्रह गर्दै हस्ताक्षर संयुक्त राष्ट्र संघमा बुझाउनु परेको विद्यार्थीले बताएका छन् ।

Published : Monday, 2018 December 24, 1:26 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया