होली वाइन खानेहरूले कांग्रेसलाई धर्मको पाठ सिकाउनु पर्दैनः शर्मा
काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले धर्मको विषयमा कम्युनिस्टहरूले पाठ पढाउन जरुरी नभएको जनाएको छ ।
कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार पार्टी मुख्यालय सानेपामा पत्रकार सम्मेलन गरेर धर्मको विषयमा कम्युनिस्टहरूले कांग्रेसलाई सिकाउन जरुरी नभएको बताएका हुन् ।
उनले भने, ‘धर्मको सन्दर्भमा कम्युनिस्ट पार्टीका मित्रहरू जो द्वन्द्वात्मक भौतिकवाद पढेर हुर्किनुभएको छ । जसले धर्म अफिम हो भनेर वाल्यकालमै आफ्नो जीवन सुरुवात गर्नुभएको छ । उहाँहरूले धर्म कर्म संस्कार र संस्कृतिको विषयमा कांग्रेस पार्टीलाई पढाइरहनुपर्ने जरुरी छैन ।’
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महासमिति बैठकमा हिन्दू धर्मको विषयमा चर्चा हुनु दुखद भएको टिप्पणी गरेपछि कांग्रेसले यस्तो प्रतिक्रिया दिएको हो ।
कम्युनिस्ट पार्टी नेतृत्वको सरकारले हालै एसिया प्यासिफिक सम्मेलनको नाममा एउटा धर्मलाई प्रश्रय दिएको आरोप पनि शर्माले लगाए ।
‘जसले नेपालको सनातन धर्म, नेपालको परम्परा, नेपालका भिन्न भिन्न धर्म संस्कृतिको सम्मान आदि कुरा भन्दा भन्दा पर गएर एउटा निश्चित धर्मको प्रचारको सन्दर्भमा सरकारको संयन्त्र प्रयोग हुन्छ, प्रधानमन्त्री सहआयोजक जस्तो गरेर बस्नुहुन्छ’, शर्माले भनेका छन, ‘होटलमा गएर बस्नुहुन्छ होली वाइनको नाममा उल्लेख गर्न मिल्ने नमिल्ने कुरा ग्रहण गर्नुहुन्छ । उहाँहरुले नेपालको धर्म संस्कारको सन्दर्भ राख्नुपर्ने गम्भीर हेक्का राख्नुभएको छैन, त्यसमा हामीले विमती जनाएर हाम्रो दस्तावेजमा उल्लेख गरेका छौं ।’
नेपाली कांग्रेसले आफ्नो विधानलाई नेपाल कम्युनिस्ट पार्टीले पनि पछ्याउन बाध्य हुने उनले बताएका छन् ।
1 प्रतिकृया प्राप्त “होली वाइन खानेहरूले कांग्रेसलाई धर्मको पाठ सिकाउनु पर्दैनः शर्मा”
यसमा तपाइको मत
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

yes