कांग्रेसको महासमिति बैठक नसकिदै प्रहरीद्वारा महासमिति सदस्य पक्राउ

भरतपुर । नेपाली कांग्रेसको महासमिति बैठक चलिरहेका बेला सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गाली गरेको अभियोगमा प्रहरीले एकजना महासमिति सदस्यलाई पक्राउ गरेको छ ।

चितवन प्रहरीले प्रचण्डलाई फेसबुकमा स्टाटस लेखेर गाली गरेको आरोपमा आइतबार नेपाली कांग्रेसका महासमिति सदस्य सुवोध प्रधानलाई पक्राउ गरेको एसपी सुशील सिंह राठौरले जानकारी दिए । प्रधानलाई कसको उजुरीमा पक्राउ गरिएको राठौरले जानकारी दिन मानेनन ।

प्रधानले प्रचण्डलाई फेसबुकमार्फत गाली गरेको पहिलादेखि नै उजुरी परेको एसपी राठौरले बताए । पक्राउ परेका प्रधानसँग प्रहरीले बयान लिइसकेको छैन ।

स्रोतका अनुसार भरतपुर महानगरपालिकाकी मेयर तथा प्रचण्डकी छोरी रेणु दाहालको ठाडो निर्देशनमा कांग्रेस नेता प्रधानलाई पक्राउ गरेको नेपाली कांग्रेस चितवनले दाबी गरेको छ ।

नेपाली कांग्रेस चितवनले प्रधानलाई तत्काल विना सर्त रिहाइ गर्न चेतावनी दिएको छ । सानेपामा महासमिति बैठक चलिरहेका बेला प्रधान पक्राउ परेका हुन ।

पक्राउ परेका प्रधान होटल सेन्ट्रल पाम र साराङ वाइल्डलाइफ रिसोर्टका प्रमुख हुन । उनी नेपाल तरुण दलका पूर्वकेन्द्रीय सदस्य समेत हुन् ।

Published : Sunday, 2018 December 23, 8:38 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया