कांग्रेस सांसद देवकोटाले भेटिन् दाङ दुर्घटनाका घाइतेहरुसँग
काठमाडौं । नेपाली कांग्रेसकी नेतृ एवम् राष्ट्रिय सभा सांसद अनिता देवकोटाले दाङमा २३ जनाको ज्यान जाने गरी भएको बस दुर्घटनाका घाइतेहरुलाई भेटेर स्वास्थ्य र उपचारमा भैरहेको विषयमा जानकारी लिएकी छिन् ।
काठमाडौंको वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार गराइरहेका नौजनालाई आइतबार दिउँसो बेडमै पुगेर सांसद देवकोटाले स्वास्थ्य अवस्थाका जानकारी लिएकी हुन् ।
उनले उपचारमा संलग्न चिकित्सकहरुसँग पनि घाइतेहरुको अवस्थाका विषयमा जानकारी लिएकी थिइन् ।
ट्रमा सेन्टरमा उपचार गराइरहेका नौ जना घाइतेको अवस्था खतरामुक्त रहेको जानकारी चिकित्सकहरुले दिएको कांग्रेस सांसद देवकोटाले बताइन् ।
अलिक गम्भीर स्वास्थ्य अवस्था रहेका दुईजना घाइतेलाई महाराजगञ्जस्थित शिक्षण अस्पाल र एकजनालाई ललितपुरको अल्का अस्पतालमा उपचारका लागि वीर अस्पतालले रिफर गरेको चिकित्सकहरुलाई उदृत गर्दै सांसद देवकोटाले जानकारी दिइन् ।
सांसद देवकोटाले घाइतेहरुको उपचारमा कुनै पनि कसर नछाड्न चिकित्सकहरुसँग आग्रह गरेकी थिइन् ।
सल्यानबाट दाङ आउँदै गरेको विद्यार्थी बोकेको बस शुक्रबार अपरान्ह साढे चार बजे राम्री भन्ने स्थानमा दुर्घटना भएको थियो । दुर्घटनामा २३ जनाको मृत्यु भएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत