यी भ्रष्ट व्यक्ति कम्युनिस्ट सरकारका प्यारा कर्मचारी
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ४३ केन्द्रीय सदस्यले नेपाल टेलिकमका कार्यकारी निर्देशक दिगम्बर झासहितका विवादित व्यक्तिको नियुक्ति बदरका लागि केपी ओली नेतृत्वको सरकारलाई निर्देशन दिन पार्टीसमक्ष माग गरेका छन् ।
शनिबार पार्टी मुख्यालयमा बैठक चलिरहेका बेला केन्द्रीय सदस्यहरूले केपी ओली र पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।
बैठकबाटै नियुक्ति बदरका निर्णयका लागि निर्देशन दिन स्थायी समिति सदस्यलाई उनीहरूले ध्यानाकर्षण गराएका छन । यसै विषयमा यसअघि २१ केन्द्रीय सदस्यले ज्ञापन बुझाएका थिए ।
टोलीमा अब अन्य केन्द्रीय सदस्य पनि थपिए । उनीहरूले सरकारको सिफारिसमा विवादित व्यक्तिले पदक पाएको भन्दै खोस्न माग गरे ।
‘दिगम्बर झा र उनीजस्ता भ्रष्टाचारमा विवादित भएकालाई यथाशीघ्र पदबाट बर्खास्त गर्नका लागि पार्टीका तर्फबाट सरकारलाई आवश्यक निर्देशन दिइयोस् भन्ने विनम्र अनुरोध गर्न चाहन्छौं,’ ज्ञापनमा भनिएको छ ।
केन्द्रीय सदस्यहरू विजय पौडेल, जगन्नाथ खतिवडा, ठाकुर गैरे, रामकुमारी झाँक्री, नीरज आचार्य, कृष्ण केसी, माधव अर्याललगायत ४२ जनाले बुझाएको ज्ञापनपत्रमा एनसेल करछली लगायतका राजस्व छली गर्नेलाई कारबाही गर्न माग गरिएको छ ।
ओली नेतृत्वको कम्युनिस्ट सरकारले नियुक्ति गरेका झा भ्रष्ट भएको कुरा उनै पार्टीका बयालीस केन्द्रीय सदस्यहरूले आरोप लगाएका छन ।
झालाई नियुक्ति गदा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदमा आफै प्रस्ताव गरेको स्रोतको भनाइ छ ।
सूचना तथा सन्चार प्रविधिमन्त्री गोकुल बास्कोटा पनि दिगम्बर झालाई कार्यकारी निर्देशकमा ल्याउन गृहकार्य गरेका थिए । झाको नियुक्तिलाई लिएर नेकपाभित्र ठूलो विवाद छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत