सन्त नेता भट्टराईको शालिक अनवारण

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कृष्णप्रसाद भट्टराईको पूर्णकदको शालिक अनावरण गरेका छन् ।

शनिबार देउवाले काठमाडौंको सुन्दरीजलमा बीपी संग्रहालयमा निर्माण गरिएको पूर्व प्रधानमन्त्री एवम् कांग्रेसका तत्कालीन सभापति स्वर्गीय सन्त नेता भट्टराईको पूर्णकदको शालिक अनावरण गरेका हुन् ।

सन्त नेता भट्टराईको ९५ औं जन्मजयन्तीको अवसर पारेर ढलौटले निर्माण गरिएको पूर्णकदको शालिकको अनावरण गरिएको छ ।

सभापति देउवाले पार्टीका संस्थापक नेता बीपी कोइराला, सन्त नेता भट्टराई, गणेशमान सिंहसँगै सुन्दरीजल जेल परेका अन्य नेताहरूको पनि सोही संग्रहालय परिसरमा शालिक बनाउने घोषणा गर्दै सबैलाई तन, मन र धनले सहयोग गर्न आग्रह गरे ।

देउवाले बीपी संग्रहालय नेपालको मात्रै नभएर लोकतान्त्रिक मुलुकहरूका लागि दर्शनीयस्थल रहेको उल्लेख गर्दै त्यसको पूर्वाधार विकासमा जोड दिनुपर्ने आवश्यकता पनि औंल्याए ।

सभापति देउवाले २००७ साल देखिनै नेपालको प्रजातान्त्रिक आन्दोलनमा योगदान दिएका स्वर्गीय नेताहरू बीपी कोइराला, गणेशमान सिंह र भट्टराईले नेपालको राजनीतिक आन्दोलनमा खेलेको भूमिकाको पनि चर्चा गरेका थिए ।

बीपी संग्रहालयमा बीपी कोइराला, गणेशमान सिंहको यस अघि नै शालिक निर्माण गरिएको थियो ।

अब बीपी, गणेशमान र भट्टराईसँगै सुन्दरीजल जेल परेका अन्य नेताहरूको पनि शालिक बनाउने कांग्रेसको योजना छ ।

सभापति देउवाले बीपी संग्रहालय कांग्रेसका लागि पवित्रस्थल भएको पनि उल्लेख गरे ।

Published : Saturday, 2018 December 22, 5:53 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया