पूर्वमाओवादीको कुराले पूर्वएमालेहरूलाई झटका

काठमाडौं । तत्कालीन एमालेका नेता मदन भण्डारीको ‘जनताको बहुदलीय जनवाद’ सिद्धान्तलाई माओवादी पृष्ठभूमि भएका नेताहरूले सिधै अस्वीकार गरिदिएका छन ।

अहिलेको समय र सन्दर्भमा मदन भण्डारीको ‘जवज’ असान्दर्भिक भएको भन्दै अस्वीकार गरिदिएका हुन ।

सत्तारुढ नेकपाको स्थायी समिति बैठकमा पूर्वमाओवादी समूहका नेता श्रेष्ठ र मणि थापाले नेकपाले अन्तरिमकालका लागि अघि सारेको न्यूनतम राजनीतिक कार्यक्रम–जनताको जनवाद समाजवादको दिशाबाट पछाडि फर्किने कार्यक्रम भएको टिप्पणी गरेका छन ।

उनीहरूको टिप्पणीपछि एमाले पृष्ठभूमि नेताहरूको मुख कालोनिलो भएको थियो ।

‘जनताको जनवादको न्यूनतम कार्यक्रम सामन्तवाद विरोधी पुँजीवादी जनवादी क्रान्ति कालमा भनिएको हो’, स्रोतले भन्यो, ‘सामन्तवाद विरोधी पुँजीवादी, जनवादी क्रान्ति आधारभूत रूपमा पूरा भइसकेको एमालेको नवौँ र माओवादीको हेटौँडा महाधिवेशनले नै भनिसकेकाले अबको कार्यक्रम समाजवादउन्मुख अघि सारिएको हो ।’

संविधानले समेत समाजवादउन्मुख भनिसकेपछि फेरि जनताको जनवादलाई न्युनतम कार्यक्रम भन्नु ठीक नहरेको प्रवक्ता श्रेष्ठले बताएका छन ।

‘महाधिवेशनअघि नै अधिकतम र न्यूनतम कार्यक्रम छुट्याउने बेला नै होइन’, स्रोतले भन्यो, ‘जनताको जनवादलाई न्यूनतम कार्यक्रम बनाउनु पछाडि फर्किनु हो ।’

Published : Saturday, 2018 December 22, 12:33 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया