चाइनालाई चक्मा दिँदै भारतले ल्याइदियो नेपालमा ठूलो रेल
काठमाडौं । कम्युनिस्ट सरकारका प्रधानमन्त्री खडगप्रसाद ओलीले चीनबाट रेल ल्याउने भनिरहेका बेला नेपाल–भारतबीच रेल चल्ने भएको छ ।
जयनगर–जनकपुरसम्मको ३४ किलोमिटर रेलमार्गमा नयाँ प्रविधिको रेल गुड्ने भएको हो ।
रेल सञ्चालनपछि नेपाल–भारतका व्यापारिका फाइदा हुनेछ । भारतबाट जनकपुरधाममा आउने तीर्थयात्रीहरू पनि लाभान्वित हुनेछन् ।
भारतको बिहार राज्य जयनगर–जनकपुरसम्म धुलाम्मे सडक छ । सो सडकमा मानिसहरु दैनिक उपभोग्य सामानहरु ओसारपसारका लागि प्रयोग गर्छन् ।
तराईको काठ लैजान सन् १९३७ मा अढाई फुटे न्यारोबडी रेलका लागि लिक बिछ्याइएको थियो । रेल सन् २०१४ सम्म जीर्णअवस्थामा चल्यो ।
जनकपुर–जयनगर रुटमा बिछ्याइएको लिकमा ठूलो आकारका रेल सञ्चालन हुन सक्ने नेपाल रेल्वे विभागका कर्मचारीहरूले बताएका छन ।
यो रुटमा रेल सञ्चालन हुन थालेपछि बढी सामान ढुवानी गर्न सकिनेछ । बढी यात्रुले पनि सेवा पाउन सक्छन् ।
नेपालले कनेक्टिभिटीमा जोड दिइरहेको सन्दर्भमा जनकपुर–जयनगर रेल सेवाको पुनः सञ्चालनले नयाँ आशा जगाउने धेरैको भनाइ छ ।
जनकपुर–जयनगर चल्ने रेल नेपालको आफ्नै हो । रेलको स्तरोन्नतीका लागि भारतीय सहयोग रहेको छ ।
रेलको इञ्जिनदेखि डिब्बाहरूको मुख्य खर्च नेपाल सरकारले गरेको छ ।
ब्रोडगेज रेल चलाउने प्राविधिक नेपालमा नभएका कारण केही वर्ष विदेशी कम्पनीलाई सञ्चालनको जिम्मेवारी दिने सरकारको तयारी छ ।
चीनसँग केरुङ–काठमाडौंं रेल मार्गको कुरा पनि चर्चामा छ । तीन खर्ब लागत र ८ वर्षमा निर्माण पूरा गर्ने भनिएको सो मार्ग नेपालका लागि कति उपयोगी होला ? भन्ने विषयमा अझै बहस चलिरहेको छ ।
वस्तु आयातका लागि यति धेरै रकम खर्च गरेर नेपाल रेलमार्ग निर्माण गर्ने क्षमता राख्दैन । तयार भैसकेको लिक परीक्षण पनि गरिएको छ । मालबाहक ठूलो रेललाई यो लिकमा हिँडाइ सकिएको छ ।
चीनले आफ्नै खर्चमा काठमाडौंसम्म रेलमार्ग निर्माण गरोस् भन्ने नेपाली सरकारको चाहना छ ।
यो मार्गबारे नेपाल–चीनबीच केही समझदारी त भएका छन् । कुनै ठोस सम्झौता भइसकेको छैन ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत