खोसिएको जग्गा फिर्ता माग गर्दै पूर्वराजपरिवारद्वारा रिट दायर
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले छोरी प्रेरणा राज्यलक्ष्मी सिंहलाई दाइजोमा दिएको सम्पत्ति नेपाल ट्रष्टको नाममा हुने गरी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीसहितको इजलासले गरेको फैसलाविरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।
संवैधानिक इजलासबाट मुद्धा नहेरी पूर्ण इजलासबाट हेरिएको भन्दै प्रेरणा आफैंले सर्वोच्चमा रिट दिएकी हुन् ।
प्रेरणालाई दाइजोस्वरूप दिएको छाउनीस्थित १५ रोपनी एक आना जग्गा सरकारी हुने गरी तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की, न्यायाधीशहरू दीपक कार्की र सपना मल्लको इजलासले २०७३ पुस २१ गते फैसला गरेको थियो ।
पूर्वप्रधानन्यायाधीश रामकुमार शाह र न्यायाधीश चोलेन्द्रशमशेर राणाले पूर्वराजा वीरेन्द्रको नामको जग्गा उनकै भाई ज्ञानेन्द्रकी छोरीले दाइजो पाएका भन्दै उनैको नाममा हुने गरी फैसला गरेका थिए ।
फैसलामाथि पुनरावलोकन गर्दै तत्कालीन प्रधानन्यायाधीश कार्कीले गरेको फैसलाले आफूलाई अन्याय गरेको प्रेरणाको रिटमा उल्लेख छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत