दाङमा भएको बस दुर्घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले दाङमा १६ जनाको ज्यान जाने गरी भएको दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार साँझ विज्ञप्ति जारी गरेर दुर्घटनामा परेर मृत्यु भएकाहरूप्रति श्रद्धान्जलि र शोकसन्तप परिवारलाई समवेदना दिएका छन । देउवाले घाइतेहरूको स्वास्थ्य लाभको कामना गरेका छन ।

नेपाली कांग्रेसले घाइतेहरूको उचित उपचार गर्न पनि माग गरेको छ ।

‘सल्यानबाट दाङको तुलसीपुर आउँदै गरेको बस शुक्रबार दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको घटनाप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्नुभएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘सभापति देउवाले मृतकहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चीर शान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दैै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नु भएको छ ।’

Published : Friday, 2018 December 21, 8:23 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया