कांग्रेसको विधान मस्यौदा पारित, महासमितिमा शनिबार पेश हुने
काठमाडौं । नेपाली कांग्रेसले महामन्त्री पूर्णबहादुर खडकाको विधान संशोधन मस्यौदा सम्बन्धी प्रस्तावलाई सर्वसम्मत पारित गरेको छ ।
पार्टी मुख्यालय सानेपामा शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले विधान संशोधन मस्यौदा समितिको प्रस्तावलाई सर्वसम्मत पारित गरेको हो ।
नेपाली कांग्रेसका महामन्त्री खडकाको संयोजकत्वमा विधान संशोधन मस्यौदा समिति बनाइएको थियो ।
समितिका संयोजक खड्काले केन्द्रीय कार्यसमितिको मंसिर ९ गते बैठकमा मस्यौदा प्रस्तुत गरेका थिए । सोही प्रस्तावलाई कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले शुक्रबार संशोधनसहित सर्वसम्मत पारित गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
‘महामन्त्री पूर्णबहादुर खडकाद्वारा केन्द्रीय कार्यसमितिको मंसिर ९ गतेको बैठकमा पेश गर्नुभएको भएको नेपाली कांग्रेसको विधानको संशोधित मस्यौदा सर्वसम्मतिले पारित गरिएको छ’, बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘पारित मस्यौदा केन्द्रीय कार्यसमितिको तर्फबाट महामन्त्री एवं समितिका संयोजक पूर्णबहादुर खड्काले महासमितिको जारी बैठकमा पुस ७ गते पेश गर्नु हुनेछ ।’
नेपाली कांग्रेसका शीर्ष नेताहरूको व्यक्तिगत स्वार्थका कारण विधान संशोधनको मस्यौदा महासमिति बैठकमा प्रवेश पाउन सकेको थिएन ।
संशोधित विधानमा पदाधिकारीहरूको संख्या बढाइएको छ । अब १७१ सदस्यीय हुनेछ ।
कांग्रेसमा सहमहामन्त्री ८ जना हुने भएका छन् । योसँगै पदाधिकारीको संख्या १४ हुनेछ । कोषाध्यक्ष मात्र मनोनीत र बाँकी सबै निर्वाचित हुनेछन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत