कतारका परराष्ट्रमन्त्री र अन्सारीबीच भेटवार्ता

काठमाडौं । कतार सरकारले आफनो देशको विकासमा नेपालीहरूको ठूलो भूमिका रहेको भन्दै प्रशंसा गरेको छ ।

कतार भ्रमणमा रहेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य समिम अन्सारीसँगको भेटमा कतारका उपप्रधान एवं परराष्ट्रमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानीले नेपाली कामदारहरूको प्रशंसा गरेका हुन । अल थानी र अन्सारीबीच दुई देशको आपसी हितका विषयमा पनि कुराकानी भएको छ ।

कतारका उपप्रधान एवं परराष्ट्रमन्त्री अल थानीले कतारको विकासमा नेपालीहरूले दिएको योगदान स्मरणीय रहेको बताए । उनले बाटो निर्माण, कृषि, शिक्षा लगायतका क्षेत्रमा नेपाली कामदारहरूले सहयोग गरेको उल्लेख गरे ।

नेकपाका केन्द्रीय सदस्य अन्सारीले नेपाल सरकारसँग कतार सरकारले नेपालको विकासमा पनि सहयोग गर्न इच्छुक रहेको जानकारी दिए ।

‘कतार सरकारले नेपालको विकासमा सहयोग गर्न इच्छुक रहेको कुराकानीका क्रममा आश्वासन पाएको छ’, अन्सारले भने, ‘नेपालमा स्थिर सरकार बनेको छ । त्यो सरकारसँग काम गर्न कतार इच्छुक छ ।’

केन्द्रीय सदस्य अन्सारीले कतारमा नेपाली कामदारहरूमाथि आइपर्ने समस्यामा पनि ध्यान दिन उपप्रधान एवं परराष्ट्रमन्त्री अल थानीसँग आग्रह गरेका थिए । अन्सारीको आग्रहपछि अल थानीले त्यस विषयमा कतार सरकार सचेत रहेको जवाफ दिएका थिए ।

कतार सरकारको निमन्त्रणामा दोहामा रहेका नेकपाका केन्द्रीय सदस्य अन्सारीले विभिन्न औपचारिक कार्यक्रमहरूमा समेत सहभागिता जनाएका छन ।

Published : Friday, 2018 December 21, 11:09 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया