कम्युनिस्ट सरकारका यी मन्त्रीहरूको धन्दा

काठमाडौं । खडगप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारका छ जना मन्त्रीहरूले पदीय हैसियत भुलेर कानून विपरित दोहोरो सुविधा लिएको खुलासा भएको छ ।

कम्युनिस्ट सरकारका मन्त्रीहरूले इन्धन मन्त्रालय र कार्यालयहरूबाट हालेर मन्त्रालयबाट इन्धनको पैसा बुझने गरेको समाचार आएपछि विरोध भएको छ ।

नयाँ पत्रिका दैनिकले कम्युनिस्ट सरकारका मन्त्रीहरूले अनुचित लाभ लिएको विषयमा रिपोर्ट सार्वजनिक गरेको छ । नयाँ पत्रिका दैनिकले खोजमूलक रिपोर्ट सार्वजनिक गरेपछि धेरैको चासो कम्युनिस्ट सरकारका मन्त्री र उनीहरूको गतिविधिमा परेको छ ।

यसरी सरकारी ढुकुटीबाट अनुचित लाभ लिनेमा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव, यातायात मन्त्री रघुवीर महासेठ, श्रममन्त्री गोकर्ण विष्ट, वनमन्त्री शक्तिबहादुर विष्ट र सूचना तथा सन्चारप्रविधिमन्त्री गोकल बास्कोटा रहेका छन ।

कानून विपरित राज्यको ढुकुरीबाट दोहोरो सुविधान लिएको भनेर आलोचना भएपछि रक्षामन्त्री ईश्वर पोखरेल अनुचित सुविधा लिएको भए अबका दिनमा नलिने बताएका छन । ‘मेरोतर्फबाट सचिवालयका कसैले भूलचुक गरेको रहेछ भने म बोल्छु । गैरकानूनी तरिकाले सुविधा लिएको भए अनुचित हो, त्यसो हुन दिइन्न ।’

आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले भनेका छन, ‘मेरो तलबभत्ता आफै बुझ्दिनँ । मेरो खातामा पनि पैसा आउँदैन । सबै स्वकीय सचिवले बुझ्नुहुन्छ । दोहोरो सुविधा लिएको भए सच्याउँछु ।’

भौतिक योजनामन्त्री रघुवीर महासेठ भनेका छन, ‘मसँग दुईवटा गाडी छन, गृह र आफ्नै मन्त्रालयले दिएको । दुवै गाडीमा म आफै इन्धन हाल्छु । मेरो सचिवालयले के जानकारी दियो, मलाई थाहा छैन ।’ मन्त्री महासेठको सचिवालयले भने इन्धन सुविधा लिने गरेको जानकारी दिइएको छ ।

श्रममन्त्री गोकर्ण विष्टका प्रेस संयोजक मदन खनालले भने, ‘समाचार प्रकाशित भएलगत्तै सचिवालय र प्रशासन महाशाखाका कर्मचारीलाई बोलाएर जानकारी लिनुभएको छ, कार्यविधि र निर्देशिकामा के छ भनेर पत्ता लगाउनु भन्नुभएको छ ।’

वनमन्त्री शक्ति बस्नेतका स्वकीय अधिकृत तथा भतिज मुक्ति बस्नेतले भनेका छन, ‘पहिला व्यवस्था के थियो, अभ्यास के थियो भन्ने हेर्नुप¥यो, अभ्यासलाई मान्दै आएको हो, गलत भए सच्याउँछौँ । गाडी र इन्धनको विषयमा मेरो धारणाले हुँदैन, मन्त्रीज्यूलाई भन्छु ।’

सूचना तथा सन्चार प्रविििधमन्त्री गोकुल बाँस्कोटाले भनेका छन, ‘यो विषयमा प्रधानमन्त्रीज्यूले पनि प्रश्न उठाउनुभएको छ । प्राविधिक त्रुटि भए सच्याएर जानुपर्छ भन्ने छ । तर, मेरो विषयमा गृहले दिएको गाडीमा इन्धन आफै हाल्छु, काठमाडौंबाहिर जाँदा जिपमा मन्त्रालयले इन्धन हाल्छ ।’

Published : Friday, 2018 December 21, 10:41 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया