ओलीसँग वामदेवले यसरी लिने भए बदला

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता वामदेव गौतमले विरोधी नेताहरूसँग प्रतिशोध लिने रणनीति बनाएको खुलासा भएको छ ।

आफूलाई प्रतिनिधिसभा निर्वाचनमा हराउने नेताहरूलाई पार्टीले प्रदेश कमिटीमा पुरस्कृत गरेर मनोनीत गरेको भन्दै गौतमले आक्रोश व्यक्त गर्ने गरेका छन् ।

गौतमले प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीले ठूलो असहयोग गरेको बताउने गरेका छन् । आफू निकटका नेताहरूसँग गौतमले ओलीबाट ठूलो अन्यायमा परेको बताउँदै आएका छन् ।

ओलीले आप्mनो राजनीति समाप्त गर्न लागेको भनेर गौतमले निकटका नेताहरूको भेला भैँसेपाटीस्थित आफनै निवासमा दिनदिनै गर्ने गरेको स्रोतलाई उल्लेख गर्दै यूनाइटेड पोष्ट साप्ताहिकले समाचार लेखेको छ ।

गौतमले केही दिन अगाडि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई घरमै बोलाएर नेकपाका अध्यक्ष ओलीबाट भएको अन्यायका बारेमा गुनासो गरेको खुलेको छ ।

गौतमले स्थायी समितिको बैठक बस्नुु अगाडि पनि दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठसँग ओलीविरुद्ध गोप्य भेला गरेका थिए ।

ओलीले गौतमको राजनीति समाप्त हुने गरेर अभिव्यक्ति दिएपछि झन नेकपाभित्रको विवाद बाहिर आएको छ । गौतमले ओलीसँग बदला लिन कुनै पनि हदसम्म पुगेर रणनीति बनाउने चेतावनी दिएका छन् ।

स्थायी समितिको बैठकमा पनि गौतमले ओलीलाई धम्की दिएका छन । त्यो धम्कीबाट ओलीलाई झट्का लागेको छ ।

गौतमले ओलीलाई अबको एक वषभित्र प्रधानमन्त्री पदबाट हटाएर प्रचण्डलाई प्रधानमन्त्री बनाउने रणनीति बनाएको स्रोतले जनाएको छ । गौतमले ओलीको गुटलाई छाडेर प्रचण्ड निकट बन्ने प्रयास गरेको चर्चा हुन थालेको छ ।

Published : Thursday, 2018 December 20, 7:37 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया