यी हुन ओलीसँग नानाथरी कुरा लगाउने ‘चम्चा’ सल्लाहकार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य तथा सांसद योगेश भट्टराई र प्रधानमन्त्री खडगप्रसाद ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालबीच फेरि युद्ध शुरु भएको छ ।

प्रमुख राजनीतिक सल्लाहकार रिमालले भट्टराईविरुद्ध ओलीलाई कुरा लगाउने गरेको आरोप छ । त्यसपछि उनीहरूबीच विवाद बढन थालेको हो । रिमाललाई ओलीको सचिवालयबाट हटाउन दवाव बढिरहेका बेला भट्टराई र रिमालबीचको विवाद बाहिर आएको छ ।

तत्कालीन एमालेको भृकुटीमण्डपमा सम्पन्न महाधिवेशनका बेला रिमाल र भट्टराई सचिव पदमा प्रतिस्पर्धा गरेका थिए । भट्टराईले रिमाललाई सचिवमा नराम्रोसँग पराजित गरेको यूनाइटेड पोष्ट साप्ताहिकले जनाएको छ ।

पराजित भएको झोँक अहिले पनि रिमालले भट्राईसँग लिने गरेको आरोप छ । स्थायी समिति सदस्य एवम् सांसद भट्टराइले रिमालले आफ्नाविरुद्ध बालुवाटारमा बसेर षड्यन्त्र गर्ने गरेको सार्वजनिक रुपमै आक्षेप लगाएका छन् । रिमाल पनि के कम भट्टराईले सरकारविरुद्ध अभिव्यक्ति दिएको भनेर कुरा लगाउने गरेको चर्चा छ ।

रिमालकै कारण भट्टराई सूचना तथा सञ्चार मन्त्री बन्न नसकेको अहिले पनि नेकपा भित्र वहस हुने गरेको छ । रिमाल जनताबाट अनुमोदित नेता होइनन् ।

रिमाललाई आफ्नै वडामा कुनै पनि पदमा विजयी हुन सक्दैनन् भनेर आरोप लाग्ने गरेको छ । भट्टराईमा ताप्लेजुङ जिल्लाबाट प्रतिनिधिसभामा विजयी भएपछि नयाँ उर्जा आएको छ । रिमाल भट्टराईलाई कुनै पनि हालतमा राम्रो जिम्मेवारीमा जान दिने पक्षमा छैनन् ।

पछिल्लो समय रिमाललाई ओलीको सचिवालयबाट हटाउन सकिन्छ कि भनेर भट्टराईले अभियान चलाएको रिमाल समूहको आरोप छ । तर, रिमाल समूहको आरोपको भट्टराईले सधै खण्डन गर्दै आएका छन् ।

अखिलको अध्यक्ष हुँदै एमालेको राजनीतिमा प्रवेश गरेका भट्राई रिमाल भन्दा लोकप्रिय नेता मानिन्छन् । रिमाल पनि मजदुर संगठनको अध्यक्ष बनेर एमालेको राजनीतिमा प्रवेश गरेका हुन् ।

रिमाललाई तल्लो तहका नेता तथा कार्यकर्ताले रुचाउँदैनन् । रिमालले आफ्नाविरुद्ध ओलीसँग धेरै कुरा लगाएर हैरान बनाएपछि भट्टराईले बालुवाटारको माटो नै खराब रहेको भनेर टिप्पणी गरेका छन् । भट्टराई बालुवाटारको नाम परिवर्तन गरेर अर्कै केही राख्नुपर्ने सुझाव दिन थालेका छन् ।

रिमालले पार्टीका नेता तथा कार्यकर्ताको हित भन्दा पनि व्यक्तिगत स्वार्थलाई ध्यान दिने गरेको आरोप छ । सानो कोटरी बनाएर रिमालले ओलीलाई जनसम्पर्क हुनबाट रोक्दै आएका छन् ।

नेकपाका नेता तथा कार्यकर्ताहरूलाई यो कुरा मन परेको छैन । ओलीसँग भेट्न पुग्ने नेता तथा कार्यकर्तालाई बिरामी रहेको बहाना बनाएर भेट गर्न नदिने गरेको कार्यकर्ताहरू नै बताउँछन् ।

Published : Thursday, 2018 December 20, 7:20 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया