कम्युनिस्टहरूको प्रस्ताव अस्वीकार गरेर कांग्रेसमा आयौँः योगेन्द्र चौधरी
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा महासमिति सदस्य योगेन्द्र चौधरीले कम्युनिस्टहरूको आकर्षक प्रस्तावलाई आफूहरूले बेवास्ता गरेर कांग्रेसमा फोरम लोकतान्त्रिकलाई समायोजन गरेको बताएका छन ।
महासमिति बैठकको बन्दसत्रलाई मंगलबार सम्बोधन गर्दै नेता चौधरीले कांग्रेसको लोकतान्त्रिक चरित्र, मूल्य, मान्यता र देशका लागि देखाउने भावनालाई आत्मसात गरेर फोरम लोकतान्त्रिकलाई कांग्रेसमा समाहित गरेको बताए ।
उनले छिटोभन्दा छिटो कांग्रेसको शीर्ष नेतृत्वले विचार पुर्याएर फोरम लोकतान्त्रिकलाई उचित ठाउँ दिनुपर्ने बताए ।
‘उदघाटन सत्रमा विजयकुमार दाईले पनि भनि सक्नु भएको छ । कम्युनिस्टहरूले हामीलाई विभिन्न प्रलोभन देखाएका थिए’, चौधरीले भने, ‘हामीले त्यो प्रलोभनलाई अस्वीकार गरिदियौँ । कांग्रेससँग पार्टी समायोजन गर्यौँ ।’
युवा नेता चौधरीले १०–१२ महिना भैसक्दा पनि फोरम लोकतान्त्रिकका नेता तथा कार्यकर्तालाई समायोजन गर्न ढिलाइ किन भनएको हो भनेर प्रश्न गरेका थिए ।
पार्टी समायोजनमा भएको सहमतिअनुसार विजयकुमार गच्छदारलाई कांग्रेसमा उपसभापति बनाउँदा विवाद किन गरिएको हो भनेर नेतृत्वसँग नेता चौधरीले प्रश्न गरे । उनले उपसभापतिमा गच्छदारलाई नियुक्ति गर्दा विवादरहित हुन नसकेको भन्दै चिन्ता जनाए ।
युवा नेता तथा पूर्वसांसद चौधरीले महासमिति बैठकले फोरम लोकतान्त्रिकलाई सहि ठाउँ दिने अपेक्षा लिएको भन्दै संगठन सुदृढीकरणको अभियानलाई उत्सवका रुपमा अगाडि बढाउनुपर्ने बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत