कांग्रेसले महासमिति बैठक पार्टी कार्यालयमै गर्ने

काठमाडौं । ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा नेपाली कांग्रेसको महासमिति बैठक बस्ने भएको छ ।

कांग्रेसले महासमिति बैठक शुक्रबारदेखि पार्टी मुख्यालयमा गर्ने भएको हो ।

कांग्रेसका युवा नेता एवं महासमिति सदस्य योगेन्द्र चौधरीले महासमिति बैठकका लागि आफूहरूलाई सानेपामा बोलाइएको जानकारी दिए ।

नेपाली कांग्रेसले महासमिति बैठकको बन्दसत्र पाँच दिनसम्म काठमाडौंको रामशाहपथस्थित एक पार्टी प्यालेसमा गरेको थियो ।

महासमिति बैठक नेताहरूबीच स्वार्थ बाझिएर लम्बिएपछि सानेपास्थित पार्टी कार्यालयमा सारिएको हो ।

नेपाली कांग्रेसको पार्टी कार्यालयमा दुई हजारभन्दा धेरै व्यक्ति अटाउने आफनै हल छ ।

महासमिति सदस्यहरूलाई खानाको व्यवस्था पार्टी कार्यालयमा हुनेछ ।

Published : Wednesday, 2018 December 19, 10:23 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया