ओलीलाई दुई प्रधानमन्त्री राख्न वामदेवको चुनौती, बालुवाटारमा सन्नाटा
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्यहरूले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको आलोचना गरेका छन ।
काठमाडौंको धुम्बाराहीस्थित पार्टी मुख्यालयमा सोमबार बसेको स्थायी समिति बैठकमा बोल्ने नेताहरूले ओलीको हुकुमी शासन र शैली देखाएको भन्दै आलोचना गरेका हुन ।
उनीहरूले ओलीको कार्यशैलीलाई समर्थन गरेको भन्दै पुष्पकमल दाहाल ‘प्रचण्ड’को पनि आलोचना गरे ।
स्थायी समिति सदस्य घनश्याम भुसालले पार्टीमा नश्लवाद हावी भएको आरोप लगाए । उनले सरकारको कामकारबाही पार्टीको नीति र भावना अनुसार नभएको बताए ।
उनले प्रधानमन्त्री एवं अध्यक्ष ओलीको कार्यशैली र व्यवहार सच्चिनुपर्ने बताए । प्रधानमन्त्री ओली नसच्चिए पार्टीलाई ठूलो नोक्सान हुने भुसालले चेतावनी दिए ।
स्थायी समिति सदस्य हरिबोल गजुरेल र अग्नि सापकोटा नेतृत्वको सवालमा केही नरम जस्तो देखिएपनि सरकारको ‘परफर्मेन्स’को विषय गम्भीर रहेको बताए । उनीहरूले ओलीको आलोचना गरेका थिए ।
प्रभावशाली नेता वामदेव गौतमले आफूले पेस गरेको पूरक प्रस्तावमा छलफल अवाश्यक रहेको बताएका थिए । गौतमले नेकपाको दुई तिहाई बहुमत रहेको भन्दै संविधान संशोधन गरेर दुई वटा प्रधानमन्त्री राख्ने व्यवस्था गर्न केपी ओलीलाई चुनौती दिएका थिए ।
स्थायी समिति सदस्यहरू युवराज ज्ञवाली, मुकुन्द न्यौपाने, गणेश साह, वेदुराम भुषाल र अष्ठलक्ष्मी शाक्यले पनि केपी ओलीको कार्यशैल उचित नरहेको बताएका थिए ।
एकजना स्थायी समिति सदस्यका अनुसार सरकारको कार्यशैलीको उनीहरूले पनि कडा रुपमा आलोचना गरेका थिए ।
बैठकमा बोल्ने शक्ति बस्नेत बाहेकका सदस्यहरूले ओली–दाहालले पेश गरेको प्रतिवेदनमा असन्तुटि जनाएका थिए ।
स्थायी समिति सदस्यहरूले वामदेव गौतमको पुरक प्रस्ताव समग्रमा सही भएपनि बढी नकारात्मक रहेको र सबै विषयलाई नकारात्मक रुपमा पनि लिन नहुने धारणा राखेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत