संसदीय पत्रकारहरुको संस्थामा काफ्ले समूह विजयी

काठमाडौं । संघीय संसदको रिपोर्टिङ गर्ने पत्रकारहरुको साझा संस्था संसदीय मामिला पत्रकार समाजमा नारायण काफ्लेले नेतृत्व गरेको प्यानलले अधिकांश पदमा जितेको छ ।

अध्यक्षमा विजयी भएका काफ्ले समूहलाई नेपाली कांग्रेस निकटका पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनले साथ दिएको थियो । काफ्लेले नेतृत्व गरेको समूहमा अधिकांश प्रेस यनियनका छन् ।

काठमाडौंका नयाँ बानेश्वरस्थित संसद भवनमा आइतबार भएको निर्वाचनमा गोरखापत्र दैनिकका पत्रकार काफ्ले ५३ मतसहित अध्यक्षमा निर्वाचित भएका छन् ।

काफ्लेले वामपन्थी पत्रकारहरुको नेतृत्व गरेर अध्यक्षमा उम्मेदवार बनेका नरेन्द्र साउदलाई भारी मतले पराजित गरेका हुन् । साउदले जम्मा ३८ मत पाएका थिए । साउदलाई सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटका पत्रकारहरुले साथ दिएका थिए ।

समावेशी महिला उपाध्यक्षमा पनि प्रेस युनियन निकटकी कृष्णा पौडेल विजयी भएकी छिन् ।

यसैबीच काफ्ले समूहबाट उपाध्यक्षमा सञ्जीव बगाले र महासचिवमा अशोक दाहाल सर्वसम्मत भएका छन् । सर्वसम्मत हुनेमा कांग्रेस निकटको प्रेस युनियनका डीपी उपाध्याय कोषाध्यक्षमा निर्वाविरोध भएका छन् ।

मामिलाको अधिकांश पदमा काफ्ले समूह विजयी भएको छ ।

Published : Sunday, 2018 December 16, 6:13 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया