राष्ट्रपतिको विरोध नगर्न ओलीको चेतावनी
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि आक्रमण भएको भन्दै आक्रोश व्यक्त गरेका छन ।
पार्टी कार्यालय धुमबाराहीमा आइतबार बिहान आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले राष्ट्रपतिको आलोचना र विरोध गर्न नहुने बताए ।
‘कहिले राष्ट्रपतिलाई गाडी भन्या छ ? कहिले प्रहरीको तालिम केन्द्र सार्ने भनेको छ ? कहिले के भन्या छ ? राष्ट्रपति कुन दलको भन्या छ ?’, उनले भने, ‘यसरी चौतर्फी आक्रमण गर्नु हुँदैन ।’
महाराजन्जमा रहेको तालिम केन्द्र प्रहरीलाई साँघुरो भएको ओलीले बताए । ‘त्यहाँको ठाउँ सानो भएपछि काभ्रेमा सार्ने निर्णय १५ वर्ष अगाडि भएको थियो’, उनले भने, ‘फुटबल खेल्न पनि नपुग्ने ठाउँमा प्रहरीलाई कसरी तालिम हुन्छ ?’
राष्ट्रपतिलाई पनि स्थान थोरै भएको प्रधानमन्त्री ओलीले बताए । उनले भने, ‘सानो ठाउँमा कसरी बस्ने ? कसरी काम गर्ने ?’
नेपाली कांग्रेसप्रति आक्रमक देखिएका ओलीले नेकपालाई कसैले पनि किस्तीमा राखेर सत्ता नदिएको बताए । ‘हामीले पाएको जनमतको कदर गर्न प्रतिक्रियावादीहरूले सक्नुपर्छ’, उनले भने, ‘हामीले गरेको कामको प्रसंशा गर्नुपर्छ । राम्रा काम गरेका छौँ ।’
नेकपामा दुई अध्यक्ष रहेर राम्रो काम गरेको बताएका ओलीले भने, ‘संविधानले मान्दैन । नत्र दुई वटा प्रधानमन्त्री बनाउँथ्यौँ ।’ ओलीले दुई वटा प्रधानमन्त्री बनाउने कुरा गर्दै हलमा रहेका नेता तथा कार्यकर्ता हाँसेका थिए ।
ओलीले आफूलाई धेरै नबोल्न भनेर दिएको सुझावप्रति पनि आपत्ति जनाए । ‘म राजनीतिक मान्छे हो । नेकपाको अध्यक्ष हो । प्रधानमन्त्री पनि हो’, उनले भने आक्रोशित हुँदै भने, ‘म नबोलेर को बोल्छ ? बोल्छु ।’
2 प्रतिकृया प्राप्त “राष्ट्रपतिको विरोध नगर्न ओलीको चेतावनी”
यसमा तपाइको मत
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

बोल बोल मर्ने बेला धोको फुकाएर बोल , गोरु बुढो भयो भने भिर खोज्छ रे मान्छे
बुढो भयो भने निहुँ खोज्छ रे !अब तिमी बुढो भएकै बुझियो।
बोल बोल मर्ने बेला धोको फुकाएर बोल , गोरु बुढो भयो भने भिर खोज्छ रे मान्छे
बुढो भयो भने निहुँ खोज्छ रे !अब तिमी बुढो भएकै बुझियो।