विश्वप्रकाशको मन्तव्यले महासमिति सदस्यहरू मख्ख
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महासमिति बैठकबाट एकतासहितको देश बनाउने सपना साकार पार्ने प्रतिवद्धता आउनु जरुरी रहेको बताएका छन् ।
काठमाडौँमा शनिबारदेशि शुरु भएको महासमिति बैठकमा स्वागत मन्तव्य दिँदै प्रवक्ता शर्माले महासमिति बैठकले जनअपेक्षालाई सम्बोधन हुने गरी एकताको सन्देशसहितको देश बनाउने प्रतिवद्धताको सन्देश दिन सक्नुपर्ने बताएका हुन् ।
महासमितिले दिने सन्देशबारे मुलुकभरि चासो भएको उल्लेख गर्दै शर्माले सबै क्षेत्र, वर्ग र सरोकारलाई सम्बोधन गर्न सक्नुपर्ने प्रष्ट पारेका हुन् ।
शर्माले महासमतिको बैठकबाट देश बनाउने सपना साकार पार्न सक्छौँ भन्ने प्रतिवद्धतासहित १५ वर्ष्भित्र लगातार तीन वटा निर्वाचन जितेर मुलुकलाई समृद्ध बनाउछौँ भनी संकल्प गर्नुपर्ने बताए ।
पूराना कार्यकर्ता, माओवादीबाट मारिएका परिवार, वैदेशिक रोजगारीमा रहेका कांग्रेसका शुभचिन्तक, सरकारको व्यवहारबाट असन्तुष्ट सत्तारुढ दलकै कार्यकर्ता, मधेशी, जनजाति लगायत सबैलाई आशा पलाउने गरी महासमिति बैठकले सन्देश दिनुपर्नेमा उनले जोड दिएका छन् ।
सपनाको स्वर्ग नै भेटिन्छ भनेर कम्युनिष्ट पार्टीलाई मत दिएका हजारौँ नेपालीले सरकार पनि भेटिएन भनी प्रतिक्षा गरिरहेका र न्यायको पर्खाईमा बसेका नेपाली चेलीहरुका लागि कांग्रेसले महासमिति बैठकमार्फत सकारात्मक सन्देश दिन सक्नुपर्ने तर्क पको थियो ।
शर्माले ‘मैले जवाफ दियो भने बुद्धिजीवी थला पर्छन् भन्ने प्रधानमन्त्रीलाई’ जवाफ दिन सक्ने सन्देश महासमितिले दिनुपर्नेमा पनि जोड दिएका छन् ।
उनले नेपाली कांग्रेसले कार्ल माक्र्सले छोडेर गएको दर्शन नभई जननेता विपी कोइरालाले छोडेर गएको लोकतान्त्रिक समाजवादमा विश्वास गर्ने र त्यही विश्वासको माध्यमबाट देशलाई बदल्ने सामथ्र्य राख्ने बताएका छन् ।
नेपाल कांग्रेसमा समय अनुकूल आफुलाई बदल्ने संकल्प रहेको उल्लेख गर्दै शर्मा त्यसमा आबद्ध हुन आग्रह गरेका छन् ।
1 प्रतिकृया प्राप्त “विश्वप्रकाशको मन्तव्यले महासमिति सदस्यहरू मख्ख”
यसमा तपाइको मत
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

naran