कम्युनिस्टहरूलाई अर्को छटका, कांग्रेस निकटका इन्जिनियरहरू खुसी

काठमाडौं । नेपाल इन्जिनियर एसोसिएसनको निर्वाचन अन्तर्गत प्रदेश ७ (सुदूरपश्चिम प्रदेश)मा पनि नेपाली कांग्रेस निकटको लोकतान्त्रिक इन्जिनियरहरूको समूह विजयी भएको छ ।

शुक्रबार भएको मतदानको परिणाम अनुसार प्रदेश सातमा पनि लोकतान्त्रिक समूहका अधिकांश उम्मेदवार विजयी भएका हुन । लोकतान्त्रिक समूहबाट अध्यक्षमा उम्मेदवार बनेका लवप्रसाद जोशी विजयी भएका छन ।

अध्यक्षमा विजयी जोशीले १५९ का विरुद्ध २०० मत पाएका थिए । केन्द्रीय सदस्यमा विजयी जनकराज जोशीले १४७ का विरुद्ध २०८ मत पाएका छन् ।

एसोसिएसनको केन्द्रीय सदस्यमा जनकराज जोशी, सभापतिमा लवप्रसाद जोशी, उपसभापतिमा सन्तोष पाण्डेय, कोषाध्यक्षमा नवीनराज जोशी र पाँच सदस्यहरू विजयी भएका छन् ।

विजयी भएका सदस्यहरूमा कुवेरबहादुर सिंह, अरुणप्रसाद रोस्यारा, राजु खड्का, दुर्गाप्रसाद ओझा र प्रेमप्रसाद भाट रहेका छन् ।

प्रगतिशीलले सचिव, सहसचिवसंगै पाँच सदस्य जितेको छ । सचिवमा रोशनप्रसाद भट्ट, कृष्णबहादर ऐर र सदस्यहरुमा कमल लेखक, सुरजकमाुर देव, दिपकराज भट्ट, टंकप्रसाद ढुंगाना र जयसिंह बोहरा रहेका छन् ।

Published : Saturday, 2018 December 15, 10:14 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया