आफ्नै दलका नेताहरुले ओली सरकारको बहिखाता खोल्ने
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा पछिल्लो समय गुटबन्दी बढ्दै गइरहेको छ । नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीका कारण नेकपामा विवाद र गुटको जन्म भएको आरोप छ ।
शीर्ष नेताहरुकै गुटबन्दीका कारण केन्द्रको गुट गाउँगाउँसम्म पुग्ने निश्चित भएको छ । पछिल्लो समयमा नेकपा सचिवालय बैठक बहिष्कार गरेका शीर्ष चार नेताको व्यवस्था भएसँगै पार्टीमा विवाद बढेको छ ।
नेकपाको बैठक निर्धारित समयमै सुरु नभएपछि पार्टीभित्रको विवाद छताछुल्ल देखिएको छ । २९ मंसिर बस्ने पार्टी स्थायी कमिटी बैठकमा सचिवालयको गुटगत विषयले महत्वपूर्ण स्थान पाउने निश्चित छ ।
स्थायी समितिको बैठकमा ओली सरकारको कामकारबाहीका बारेमा समीक्षा हुनेछ । नेकपाको जिम्मेवारी बाँडफाँटका बारेमा पनि छलफल हुनेछ ।
पार्टी सचिवालय बैठक समयमै सञ्चालन नभएपछि वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल, सचिवालय सदस्यद्वय बामदेव गौतम र नारायणकाजी श्रेष्ठले बहिष्कार गरेपछि विवादले उग्ररुप लिएको हो ।
पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले तोकिएकै समयमा बैठक सञ्चालन नगरेपछि शीर्ष चार नेताले बैठक बहिष्कार गरेका थिए ।
स्थायी समिति बैठक बस्ने निर्णय सचिवालयले गरेपछि विवाद समाधान हुने विश्वास नेताले गरेका थिए । विवादबीच बैठक बस्ने भएकाले झन् विवाद बढ्ने नेताहरुले बताए ।
गाउँगाउँसम्म पार्टी एकता टुंगो लगाउन बाँकी रहे पनि केन्द्रमा देखिएको विवाद गाउँसम्मै पुग्ने एक नेताले बताए । केन्द्रमै गुटगत हिसाबले काम भइरहेकाले त्यसको असर जनवर्गीय संगठनदेखि गाउँगाउँसम्मको पार्टी एकतामा समेत पर्ने नेकपा स्रोतले जनाएको छ ।
नेकपा वरिष्ठ नेता झलनाथ खनालले बैठक बहिष्कारपछि पार्टी अध्यक्षद्वयसँग स्थायी कमिटी बैठक र एजेन्डाका विषयमा छलफल नभएको बताए ।
पार्टी सचिवालयले गरेका निर्णयमै स्थायी कमिटी बैठकमा पुनः छलफल हुने बताउँदै उनले सबै विवादको समाधान स्थायी कमिटी बैठकबाट हुने उनले बताए ।
नेकपा स्थायी कमिटी सदस्य घनश्याम भुषालले विधि एवं प्रक्रियाद्वारा पार्टी सञ्चालन नभएको अरोप लगाएका छन् ।
केन्द्रदेखि गाउँसम्म आफूनजिक र आफ्ना भक्तलाई पार्टीमा जिम्मेवारी दिने र आलोचना गर्नेलाई लखेट्ने कामले समस्या बढ्ने उनले बताए ।
शीर्ष चार नेताले बैठक बहिष्कार गर्दा पनि पाँच नेताको सहभागितामा पछिल्लो सचिवालय बैठक बस्यो । नेताको बहिष्कारबीच बैठक र निर्णय गरेपछि नेतामा मात्रै नभई कार्यकर्ताबीच पनि यो विषय कौतूहलको विषय बनेको छ ।
पार्टी एकता प्रक्रिया चलिरहेकाले कुनै पनि निर्णय सहमतिमै गर्ने भद्र सहमति भए पनि पछिल्लो समय बहुमत र अल्पमतको हिसाबले निर्णय हुन थालेको छ ।
वरिष्ठ नेताद्वय नेपाल, खनाल, सचिवालय सदस्यद्वय गौतम र श्रेष्ठले बैठक बहिष्कार गरे पनि अध्यक्षद्वय ओली, दाहाल, सचिवालय सदस्य ईश्वर पोखरेल, रामबहादुर थापा र महासचिव विष्णु पौडेलसहितको बैठक बसेको थियो ।
स्थायी कमिटीको बैठक बोलाएपछि अनौपचारिक रूपमा नेकपाभित्र पाँच नेता भर्सेज चार नेताको अनौपचारिक समूह बनेजस्तो देखिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत