ओली र प्रचण्डले जनतालाई धोका दिएः रामचन्द्र पौडेल
काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सुशासन दिन्छु भनेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले जनतालाई धोका दिएको आरोप लगाएका छन् ।
काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा उनले सुशासन दिन्छु भनेर केपी ओली र प्रचण्डले जनतालाई धोका दिएको बताएका हुन् ।
उनले भने, ‘सुशासन ल्याउँछु भनेर प्रचण्ड र केपी ओलीले विश्वास दिलाउनुभयो, उहाँहरुले पनि धोका दिनुभयो ।’
‘वाइडबडी जहाज खरिद काण्डदेखि चिनी काण्ड, सुन काण्डजस्ता भ्रष्टाचार काण्डले गर्दा समाजवादमाथि धोका भएको छ’, वरिष्ठ नेता पौडेलले बताए ।
पौडेलले भ्रष्टाचार समाजवादको लागि सबैभन्दा ठूलो धोका भएको बताए । उनले समाजवादको पक्षमा अब वैचारिक अभियान लिएर गाउँगाउँमा जान र पार्टीभित्र पनि छलफल चलाउन कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत