ओलीको चाल बुझेपछि देउवाले निकाले जुक्ति

काठमाडौं । कम्युनिस्ट सरकारका प्रधानमन्त्री केपी ओलीको दवाव मान्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अस्वीकार गरिदिएको छ ।

ओलीले दवाव दिएर प्रधानन्यायाधीशको सिफारिस गर्न खोजेका छन् । कांग्रेसले विधि र पद्धतिअनुसार सिफारिस गर्नुपर्ने अडान राख्दै आएको छ ।

प्रधानमन्त्री ओलीले प्रधानन्यायाधीश सिफारिसका बारेमा निर्णय गर्न संवैधानिक परिषदको बैठक बुधबार बोलाएका थिए । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको बैठक छ भन्दै गएनन् । देउवा नगएपछि परिषदको बैठक स्थगित भएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले आफू खुसी हुने गरेर संविधान विपरित प्रधानन्यायाधीश सिफारिसमा निर्णय गर्ने चालपाएपछि देउवा बैठकमा नगएका हुन् ।

प्रमुख प्रतिपक्ष दलको नेता नै सहभागी नभएपछि परिषदको बैठक बिहीबार बिहान ९ बजेसम्मका लागि स्थगित भएको राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले जानकारी दिए ।

मंगलबार प्रधानन्यायाधीश सिफारिस गर्ने तयारी भएपनि विपक्षी दलका नेता देउवाले समय दिन नसकेपछि स्थगित भएको थियो ।

स्रोतका अनुसार प्रधानमन्त्री ओली र देउवाबीच अनौपचारिक सहमति बाँकी रहेकाले पनि पटकपटक बैठक स्थगित हुने गरेको छ ।
ओली र देउवाबीच अनौपचारिक छलफल हुनेछ । त्यसपछि परिषदको बैठक बसेर निर्णय हुनेछ ।

न्यायपरिषदले सर्वोच्च अदालतको न्यायाधीशका लागि वरिष्ठ न्यायाधीशद्धय दीपकराज जोशी र चोलेन्द्र शम्शेर राणाको नाम संवैधानिक परिषदमा पठाएको छ ।

Published : Wednesday, 2018 December 12, 2:15 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया