कम्युनिस्ट सरकारले कांग्रेसको दवाव थेग्न सकेन, वृद्ध भत्ता बढाउने

सिक्लेस । निर्वाचनमा गरेको बाचाअनुसार वृद्ध भत्ता पाँच हजार किन नबनाएको भनेर नेपाली कांग्रेसले पटक–पटक प्रश्न उठाएपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मसिनो स्वरमा जवाफ दिन थालेको छ ।

कांग्रेस नेतृत्वको सरकारले वृद्ध भत्ता ६५ वर्षमा पाउनुपर्ने निर्णय गरेको थियो । तर, प्रधानमन्त्री बनेर आउने वित्तिकै खड्गप्रसाद ओलीले उमेर बढाएर ७० वर्ष पुर्‍याए ।

ओलीले नै निर्वाचनका बेला वृद्ध भत्ता पाँच हजार बनाउने र घरघर ल्याइदिए आश्वासन दिएका थिए ।

निर्वाचनपछि ओली र उनको दलका नेताहरूले जनतालाई दिएको सबै आश्वासन भुले । तत्कालीन एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेको बाचालाई नेपाली कांग्रेसले स्मरण गराइरहेको छ ।

कांग्रेसले निर्वाचनका बेला गरेको प्रतिवद्धता अनुसार वृद्ध भत्ता बढाउन दवाव दिइरहेको छ ।

यसै क्रममा नेकपाका दोस्रो तहका अध्यक्ष दाहालले आगामी आर्थिक वर्षको बजेटमा वृद्धभत्ता बढाउने तयारी भएको बताएका छन् ।

कास्कीको सिक्लेसमा आएका उनले मंगलबार पत्रकार सम्मेलनमा यसवर्ष नबढेको क्षतिपूर्ति सहित बृद्धभत्ता बढ्ने बताए ।

उनले भारतसँग ४ हवाई नाका, चीनसँग ४ बन्दरगाह, रेल लगायतका उपलब्धिले नेपालको परिभाषा नै फेरिएको उल्लेख गरे ।

दोस्रो अध्यक्ष दाहालले पार्टी एकता टुंगिनेतिर गएको बताउँदै पार्टी र सरकारको कामको पनि समीक्षा भइरहेको जनाएका छन् ।

Published : Tuesday, 2018 December 11, 11:21 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया