खारेजी हुन सक्छ ओली–प्रचण्डको पार्टी, बढ्यो तनाव

काठमाडौं । सर्वोच्च अदालतले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय खड्गप्रसाद ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध कारण देखाउ आदेश जारी गरेको छ ।

सर्वोच्चका न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलाशले सोमबार सुनुवाई गर्दै निर्वाचन आयोग र सत्तारुढ ‘नेपाल कम्युनिष्ट पार्टी कोष्ठभित्र नेकपा’का अध्यक्षद्वय ओली र दाहालविरुद्ध कारण देखाउ आदेश जारी गरेको हो ।

निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी छोटकरीमा ‘नेकपा’ विधिवत दर्ता छँदाछँदै उही नाममा निर्वाचन आयोगले अर्को पार्टीलाई दर्ता दिएको विरुद्ध नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले गत मंसिर २१ गते शुक्रबार निर्वाचन आयोग र ‘नेपाल कम्युनिष्ट पार्टी कोष्ठभित्र नेकपा’का दुई अध्यक्षलाई प्रतिवादी बनाई मुद्दा दायर गरेका थिए ।

Published : Monday, 2018 December 10, 7:54 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया