नेविसंघ सुविधायुक्त कोठामा होइन खोलाको डिलमा यसरी भेटिन्छ
लमही । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) दाङले जिल्लाका विभिन्न स्थानमा भेटघाट तथा प्रशिक्षण कार्यक्रम शुरु गरेको छ ।
नेविसंघका स्थानीय नेताहरूले गडवा गाउँपालिकाको जमुनीबासको कक्र्वा खोलामा भेटघाट तथा प्रशिक्षण सम्पन्न गरेका छन् । उनीहरूले नेविसंघलाई पुनः सक्रिय बनाउने निर्णय पनि गरेका छन् ।
कांग्रेसले निर्वाचनका बेला पाएको पराजयपछि चिन्तित बनेका स्थानीय नेताहरूले भेला, भेटघाट, प्रशिक्षण र जनजागरणको अभियानलाई शुरु गरेका हुन् ।
नेविसंघका स्थानीय नेता तथा कार्यकर्ताहरूले भेला र बैठक गर्न सुविधा सम्पन्न स्थानको खोजी नगरेर खोलको डिलमा बसेर बैठक गरेका छन् । उनीहरूको यो कार्यको दाङमा धेरैले प्रशंसा गरेका छन् ।
Published : Monday, 2018 December 10, 12:19 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत