कांग्रेस निकट इञ्जिनियरहरूले एसोसिएशनमा कब्जा जमाउँदै

काठमाडौं । नेपाली कांग्रेस निकटको लोकतान्त्रिक इञ्जिनियर्सहरूले इञ्जिनियरहरूको छाता संगठन नेपाल इन्जिनियर्स एसोसिएशन (एनइए)मा कब्जा जमाउने भएको छ ।

एनइएको निर्वाचन नजिकिँदै गर्दा लोकतान्त्रिक र प्रगतिशील समूहले सक्रियता बढाएका छन् । मतादाताबीचमा आफूलाई मत माग्दै उनीहरूले आ–आफ्नो पक्षमा मत मागेका छन् ।

३१ मध्ये २९ वटा कार्यसमितिको नेतृत्व गरिसकेको लोकतान्त्रिक समूहका एजेण्डाहरू मतदाताका बीचमा लोकप्रिय हुँदै गएको छ ।

इन्जिनियरको पेशागत हक, हित र क्षमता अभिवृद्धिमा आफूहरूले स्थापनाकालदेखिनै योगदान गरेकाले यसपटक पनि लोकतान्त्रिक प्यानललाई नै इन्जिनियरहरूले मत दिनेमा लोकतान्त्रिक प्यानल विश्वस्त देखिएका छन् ।

एनइएको अहिलेको कार्यकारिणी समितिमा अध्यक्ष लोकतान्त्रिक प्यानलबाटै निर्वाचित भएका हरेराम श्रेष्ठ छन् । श्रेष्ठले मंसिर २८ गते हुने ३२औं केन्द्रीय कार्यकारिणी र प्रदेश कार्यकारिणी समितिको निर्वाचनको तयारी पूरा भइसकेको बताए ।

लोकतान्त्रिक प्यानलले आफूले एनइएमा नेतृत्व गर्दा भएका मुख्य १६ बुँदे उपलब्धी उल्लेख गर्दै घोषणा पत्र जारी गरेको छ । उसले आफ्नो समूहलाई किन मत दिने भन्ने आधारहरू प्रस्तुत गरेको छ ।

लोकतान्त्रिक प्यानलबाट ३२औं कार्यकारिणी समितिका लागि प्राध्यापक इन्जिनियर हीरेन्द्रमान प्रधानको नेतृत्वमा प्यानल घोषणा भएको छ ।

लोकतान्त्रिक प्यानलबाट निर्वाचित भएको बताउँदै एनइएका वर्तमान अध्यक्ष हरेराम श्रेष्ठले आफ्नो कार्यकालमा लोकतान्त्रिक समूहको साख बढ्ने गरी काम भएको दाबी गरेका छन् ।

विपक्षीहरूले एनइएमा काउन्सिलमा भन्दा कम सदस्य भएको भनेर हल्ला फिँजाइरहेपनि त्यसमा कुनै तुक नभएको उनले बताए । लोकतान्त्रिक नेतृत्वमा एसोसिएशनको विधान संघीय ढाँचामा लगेको छ । पहिला केन्द्रमा १५ जनाका लागि मात्र निर्वाचन हुन्थ्यो ।

यसपटक अहिले केन्द्रमा २५ र प्रदेशमा १५ गरि ७ प्रदेशबाट १ सय ३० जना प्रत्यक्ष निर्वाचित हुँदैछन् । यसले एनइएमा इन्जिनियरहरुको आकर्षण बढाउनेछ ।

इन्जिनियरहरूको हकहित र क्षमता अभिवृद्धिका लागि १ करोड १० लाखको ५ वटा कोष स्थापना लोकतान्त्रिक समूहको कार्यकालमा भएको छ ।

Published : Sunday, 2018 December 9, 9:06 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया