ओलीको गृहजिल्लामा जम्मा भए धेरै मान्छे, बालुवाटारमा कानेखुसी

दमक । कम्युनिस्ट प्रधानमन्त्री केपी ओलीले क्रिश्चियन धर्म प्रचार गर्ने आइएनजिओलाई कार्यक्रम गर्न सहयोग गरेर विवादमा परेका बेला उनै गृहजिल्ला झापामा भने ठूलो संख्यामा हिन्दूधर्मालम्बीहरु जम्मा भएर प्रदर्शन गरेका छन् ।

हिन्दूराष्ट्रको माग गर्दै झापाको विर्तामोडमा हज्जारौँ सर्वसाधारणले शनिबार प्रदर्शन गरेका हुन् । उनीहरुले कम्युनिस्ट सरकार र प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष ओली नै क्रिश्चियन धर्म प्रचारमा लागेको भन्दै विरोध गरेका थिए । उनीहरूले कम्युनिस्ट सत्ताविरुद्ध नारावाजी समेत गरेका थिए ।

नेपाललाई हिन्दू राष्ट्र बनाउनुको साटो क्रिश्चियन धर्म प्रचारमा केपी ओली र कम्युनिस्टहरू लागेको भन्दै सहभागीहरूले आक्रोश व्यक्ति गरेका थिए ।

कार्यक्रममा बालसन्त जगतगुरुले दीप प्रज्वलन गरेर हिन्दूराष्ट्रको अभियान शुरु गरेका थिए । उनले हिन्दू राष्ट्रका लागि एक हुन सबैमा अपील गरे ।

कार्यक्रममा सहभागी राप्रपाका अध्यक्ष कमल थापाले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको तस्बिरमा माल्यार्पण गरेर हिन्दूराष्ट्रको लागि अभियानको शुरुवात भएको बताए ।

थापाले प्रधानमन्त्री ओलीले क्रिश्चियन धर्म प्रचारक संस्थाको कार्यक्रम गर्न सहयोग गरेर ९० प्रतिशत हिन्दूहरूको मनमा ठेस लगाएको बताए ।

राप्रपाका नेता एवम् सांसद राजेन्द्र लिङ्देनले नेपालाई कुनै पनि हालतमा हिन्दूराष्ट्र बनाउनुपर्ने बताए । उनले त्यसका लागि आफूले संसदमा कुरा उठाउने चेतावनी दिए ।

राप्रपा झापाले ‘हिन्दु राष्ट्र पुनस्र्थापना राष्ट्रिय जनजागरण’ कार्यक्रमको आयोजना गरेको थियो । जागरण अभियान बिर्तामोबाट शुरु भएको छ ।

हिन्दू राष्ट्रको पक्षमा आफ्नै गृहजिल्ला झापामा हज्जारौँ सर्वसाधारण जम्मा भएपछि प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा चर्चा समेत भएको छ ।

Published : Sunday, 2018 December 9, 11:45 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया