ओली–प्रचण्डको सम्बन्धमा खटपट, खुमलटार रमिते बन्यो
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओलीसँग अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ रिसाएका छन् ।
ओली र दाहालबीच दुरी ह्वात्तै बढेको छ । स्रोतका अनुसार प्रधानमन्त्री ओलीसमेत रहेका अध्यक्ष ओलीले प्रचण्डसँग कुनै सल्लाह नै नगरी एकलौटी रुपमा निर्णय गरेपछि दुई अध्यक्षबीच दुरी बढेको हो ।
ओली र प्रचण्डबीच भेटवार्ता नभएको लामो समय भैसकेको छ । एशिया प्यासिफिक समिट हुनुपुर्व समेत यी दुई अध्यक्षबीच प्रायः भेटवार्ता भैरहेको थियो ।
समिटका कारण भेटवार्ता मात्रै होइन फोनवार्ता पनि टुटेको बालुवाटार निकट उच्च स्रोतको दाबी छ । शनिबार चार ठूला नेताहरूले बैठक बहिस्कार गर्दा पनि प्रचण्डले ती नेताहरूलाई फकाएनन् । बरु प्रचण्ड रमिते बनेर हेरेका ओली समूहको आरोप छ ।
प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति प्रचण्ड यतिसारो असन्तुष्ट हुनुको बाहिरी कारण सांगठानिक एकीकरण, नेताहरूको जिम्मेवारी बाँडफाँट र पार्टी परिचालन विषय प्रधानमन्त्रीको प्राथमिकतामा नपर्नु देखाएको छ । ओलीले प्रचण्डसँग सल्लाह नै नगर्नु पनि दुई अध्यक्षबीच दुरी बढ्नु समस्या भएको बताइएको छ ।
एसिया प्यासिफिक सम्मेलनमा प्रधानमन्त्री ओलीको भूमिकालाई लिएर पनि नेकपाभित्र असन्तुष्टि बढेको छ ।
पार्टीमा पर्याप्त छलफल नगरी उक्त सम्मेलनमा प्रधानमन्त्री ओलीले सहभागिता जनाएका कारण दाहाल पनि असन्तुष्ट रहेको स्रोत बताउँछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत