ओली जथाभावी बोलेपछि कांग्रेसले पल्टायो संविधान, कम्युनिस्टहरूलाई भयो तनाव
काठमाडौं । प्रमुख प्रतिपक्षी कांग्रेसले कम्युनिस्ट प्रधानमन्त्री केपी ओलीको अभिव्यक्तिलाई लिएर आपत्ति जनाउँदै संविधानको मर्म र भावना विपरित अभिव्यक्ति नदिन चेतावनी दिएको छ ।
सानेपास्थिट पार्टी मुख्यालयमा शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले प्रधानमन्त्री ओलीको अभिव्यक्ति संविधानको भावना र मर्मविपरीत रहेको कांग्रेसले जनाएको हो ।
नेपाल टेलिभिजनको ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रममा ओलीले दिएको अभिव्यक्तिले संविधानको मर्म र भावनाको उल्लंघन गरेको कांग्रेसको ठहर छ ।
‘एक आईएनजीओको कार्यक्रममा सरकारको विवादास्पद सहआयोजन एवम् प्रधानमन्त्रीले पुरस्कार ग्रहण गरेको विवादास्पद सन्दर्भप्रति सार्वजनिक रूपमा उठेको प्रश्नमा आफूले जवाफ दिए बुद्धिजीवी थला पर्ने भनी केपी ओलीले प्रयोग गर्नुभएको वाक्यांश र चेतावनीशैलीको अभिव्यक्ति, अधिकार कुण्ठित गर्ने ढंगले राख्नुभएका शब्दहरू संविधानको धारा १७ को उपधारा २ (क) ले निर्दिष्ट गरेको भावना र मर्मको विरुद्धमा छ’, कांग्रेसले भनेको छ ।
नेपाली कांग्रेसले कम्युनिस्ट प्रधानमन्त्री ओलीलाई पदीय गरिमाको हेक्का राख्न सम्झाएको छ ।
निर्मला पन्तको तस्बिर रहेको पोस्टर प्रहरी लगाई च्यातिएको घटनाको पनि नेपाली कांग्रेसले भत्र्सना गरेको छ । ‘कांग्रेस बैठक निर्मलाको पोस्ट च्यातेको घटनालाई बिनाहातहतियार शान्तिपूर्ण भेला र प्रदर्शन गर्न सक्ने संविधानप्रदत्त अधिकारमाथिको हस्तक्षेप ठहर गर्दछ’, कांग्रेसका प्रवक्ता विश्वप्रकश शर्माले भनेका छन् ।
प्रधानमन्त्रीको तस्बिर सहरमा सजाउन मिल्ने तर न्यायको माग गर्दै एक बालिकाको तस्बिर टाँग्दा च्यातिने र टाँग्नेहरू पक्राउ पर्ने घटना आपत्तिजनक रहेको कांग्रेसको भनाइ छ ।
नेपाली कांग्रेसले न्यायको आवाज र विरोधको स्वर सुन्नै नचाहने प्रवृत्ति अन्त्य गर्न र यथाशीघ्र दोषीलाई कारबाहीको कठघरामा ल्याउन माग गरेको छ ।
‘निर्मलालाई न्याय दिलाउँदै समग्र नेपाली महिलाको अस्मिता रक्षा गर्ने प्रश्नमा सरकार असफल रहने हो’, कांग्रेसले भनेको छ, ‘नेपाली कांग्रेसले यही मुद्दालाई लिएर कडा संघर्षका कार्यक्रम सार्वजनिक गर्नेछ ।’
1 प्रतिकृया प्राप्त “ओली जथाभावी बोलेपछि कांग्रेसले पल्टायो संविधान, कम्युनिस्टहरूलाई भयो तनाव”
यसमा तपाइको मत
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

jabaf dehita sarkar bhaya po Bam sarkar wold ma yastai ho yasle janata lai na kahi shukh diyako 6 na dine6 sabai ma chenata bhayaaaaa