राष्ट्रपति कार्यालय अगाडि निर्मलालाई न्याय माग्दा पक्राउ

काठमाडौं । निर्मला पन्तलाई न्याय माग्दै राष्ट्रिपति भवन अगाडि प्रदर्शन गर्न पुगेका प्रदर्शनकारीहरू पक्राउ परेका छन् ।

निर्मलाका निम्ति न्याय अभियानले बिहीबार राष्ट्रिपति कार्यालय शीतल निवास अगाडि न्याय माग्दै प्रदर्शन गरेको थियो । ठूलो संख्यामा जम्मा भएका सुरक्षाकर्मीले प्रदर्शनकारीलाई पक्राउ गरेर भ्यानमा हालेर लगेको प्रत्यक्षदर्शीले बताएका छन् ।

निर्मला पन्तको बलात्कारपछि हत्या भएको चार महिना भैसकेको छ । हत्यार पत्ता लाग्न सकेको छैन । दोषीलाई पक्राउ गर्न दवाव दिँदै देशभरि आन्दोलन चर्किएको छ ।

राष्ट्रपति कार्यालय अगाडि आँखामा पट्टी बाँधेर प्रदर्शन भएको थियो । प्रदर्शनमा उत्रिएका तीनजना किशोरीसहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूलाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा राखिएको छ ।

निर्मलालाई न्याय माग गरेर प्रदर्शनमा उत्रिदा पक्राउ पर्नेहरूमा सृजना विश्वकर्मा, भावना राउत, सञ्जीला मगर लगायतका रहेका छन् ।

Published : Thursday, 2018 December 6, 4:52 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया