टर्च बालेर निर्मलाका दोषीको खोजी

महेन्द्रनगर । नागरिक संघर्ष समिति कञ्चनपुरले निर्मला पन्तका दोषीलाई पक्राउ गरेर सार्वजनिक गर्न माग गर्दै सरकारविरुद्ध अधिकारकर्मीहरूले दिउँसै टर्च बालेर प्रदर्शन गरेका छन् ।

कम्युनिस्ट सरकारले निर्मला पन्तका हत्यारालाई संरक्षण गरेको भन्दै अधिकारकर्मीहरूले बुधबार प्रदर्शन गरेका हुन् । अधिकारकर्मीहरूले निर्मला पन्तको हत्यारा खोज्दै कञ्चनपुरमा दिउँसै टर्च बालेर आन्दोलन गरेका थिए ।

निर्मला पन्तको हत्या भएको चार महिना भैसकेको छ । प्रहरीले दोषीलाई पक्राउ गर्न सकेको छैन । निर्मलालाई न्याय माग गरेर देशभरि आन्दोलन चर्किएको छ ।

प्रहरीले निर्मला पन्ताका दोषीलाई पक्राउ नगरेपछि दवाव दिन अधिकारकर्मीहरूले दिउँसै टर्च बालेर प्रदर्शन गरेका हुन् ।

कञ्चनपुर जिल्ला प्रशासन प्रशासन, भीमदत्त नगरपालिका र जिल्ला प्रहरी कार्यालयको गेटमा टर्च बालेर सरकारलाई खोजी गरिएको छ । न्याय, हत्यारा र सरकार हराएको भन्दै खोज्नका लागि विरोध स्वरुप आन्दोलन गरेको अधिकारकर्मीले बताएका छन् ।

Published : Wednesday, 2018 December 5, 6:02 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया