कांग्रेस सभापतिबारे नेताहरूको प्रस्तावले देशभरि चर्चा
काठमाडौं । नेपाली कांग्रेसका नेताहरूले पार्टी सभापतिलाई सर्वसम्मत चयन गर्ने व्यवस्था विधानमा राख्नु सुझाव दिएका छन् ।
ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा नेताहरूले सभापतिलाई सर्वसम्मत चयन गर्ने गरी विधान बनाउनुपर्ने सुझाव दिएका हुन् ।
केन्द्रीय सदस्य जीवनबहादुर शाहीले पार्टी सभापति सर्वसम्मत चयन हुनुपर्ने व्यवस्था विधानमा राख्न प्रस्ताव गरेका छन् ।
कांग्रेसभित्रको गुट, उपगुटलाई अन्त्य गरेर पार्टीलाई एक ढिक्का बनाएर लैजाने पनि सभापति सर्वसम्मत चयन हुनुपर्ने शाहीको भनाइ छ ।
केन्द्रीय सदस्य धनराज गुरुङले कांग्रेसलाई विधिसम्मत ढंगले अघि बढाउने किटानी व्यवस्था विधानमा गर्न आवश्यक रहेको बताए । कांग्रेस विधिसम्मत ढंगले अघि नबढेका कारण पार्टी कमजोर हुन पुगेको गुरुङले बताए ।
केन्द्रीय सदस्य उमाकान्त चौधरीले विधानमा पदाधिकारीको संख्या बढाउनुपर्ने माग गरे । केन्द्रीय सदस्य बढाउनुपर्ने प्रावधान विधान मस्यौदामा राखिएपनि पदाधिकारी संख्या भने बढाउने प्रस्ताव नगरेकोमा उनले असन्तुष्टि जनाए ।
कांग्रेसको बैठकमा पार्टीको विधान मस्यौदामाथिको छलफल जारी छ । पार्टीको आगामी मंसिर २८ गतेदेखि शुरु हुने महासमिति बैठकमा पेश गरिने विधान संशोधन मस्यौदामा केन्द्रित भएर बैठक चलिरहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत