जिससकी छोरीले दिएको एक लाखमा ओलीले थप अर्को एक लाख डलर

काठमाडौं । कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओलीले इसाई धर्म प्रचारक संस्था युनिभर्सल पिस फेडेरेसनले दिएको पुरस्कार रकममा एक लाख अमेरिकी डलर थप्ने निर्णय गरेको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पुरस्कार वापतपाइएको एक लाख डरलमा सरकारले अरु एक लाख डलर थपेर एउटा कोष बनाउने निर्णय भएको स्रोतले जनाएको छ ।

बैठकले प्रधानमन्त्री ओलीले नेतृत्व र सुशासन अवार्डसँगै पाएको १ लाख डलरमा त्यत्ति नै पैसा थपेर यूवाहरूको क्षेत्रमा काम गर्ने कोष बनाउने निर्णय गरेको हो ।

आइतबार साँझ एसिया प्यासेफिक समिटमा प्रधानमन्त्री ओलीलाई नेतृत्व र सुशासन अवार्डका लागि तक्मासहित नगद पुरस्कार दिइएको थियो ।

फेडेरेसनकी अध्यक्ष हाक जा हान मुनले प्रधानमन्त्री ओलीलाई उक्त पुरस्कार प्रदान गरेकी थिइन् ।

Published : Tuesday, 2018 December 4, 11:42 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया