अन्याय गर्दै यस्तो बनाए ओली–दाहालले प्रदेश कमिटीहरू

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सातवटा प्रदेश कमिटीका सदस्यहरूको नाम टुंगो लगाएको छ ।

नेकपाद्वारा सोमबार जारी विज्ञप्तिअनुसार सातै प्रदेश कमिटीमा रहने सदस्यहरू भागबण्डाका आधारमा मनोनीत गरिएको हो । प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष खड्गप्रसाद ओली र दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहालबीच कुरा मिलेपछि प्रदेश कमिटीले पूर्णता पाएको हो ।

तर, पार्टी समायोजनमा परेका चुरेभावर राष्ट्रिय एकता पार्टीसहितका केही साना दललाई प्रदेश कमिटीमा अन्याय गरिएको छ । माधव नेपाल समूहले पनि प्रदेश कमिटीमा आफूलाई अन्याय भएको जनाएको छ ।

असोज ५ गते बसेको बैठकले प्रदेश कमिटीका अध्यक्ष र सचिवहरू नियुक्त गरेको थियो । प्रदेशहरूका लागि ईञ्चार्ज र सह–ईञ्चार्जको जिम्मेवारी पनि तोकेको थियो ।

आइतबारको निर्णय अनुसारप्रदेश १ मा तत्कालीन एमालेको १ सय २२ र माओवादीको ८५ जना गरी २०७ सदस्य बनाइएको छ ।

प्रदेश २ मा तत्कालीन एमाले र माओवादीबाट १०६–१०६ र पछि पार्टीमा आएको तत्कालीन राष्ट्रिय जनता दलका तीन सदस्य छन् ।

प्रदेश ३ को २१७ सदस्यमा तत्कालीन एमालेबाट ११६ र माओवादीबाट १०१ छन् । गण्डकी प्रदेश कमिटीमा साविक एमालेबाट १०२ र माओवादी ८५ छन् ।

प्रदेश ५ कमिटीमा साविक एमालेबाट १०६ र माओवादीबाट ९७ छन् । कर्णाली प्रदेश कमिटीमा साविक एमालेबाट ८७ र माओवादीबाट ८८ छन् । सुदूरपश्चिम प्रदेश कमिटीमा साविक एमालेबाट सय र माओवादीबाट ८३ सदस्य रहेका छन् ।

 

Published : Monday, 2018 December 3, 6:39 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया